एकैदिन ५४  सयले बढ्यो सुनको मूल्य,  चाँदी पनि बढ्यो 

लोकपथ
126
Shares

काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  छापावाल  सुन प्रतितोला ५ हजार ४ सय रुपैयाँले बढेको हो । 

 हिजो  दुई लाख ८५ हजार ६०० मा कारोबार भएको सुनको मूल्य आज ५ हजार ४ सय रुपैयाँले  बढेर २ लाख ९१ हजारमा कारोबार भइरहेको छ । 

 त्यस्तै आज चाँदी पनि बढेको  छ । महासंघका अनुसार  आज चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो । 

अघिल्लो दिन ४ हजार ३७० रुपैयाँमा कारोबार भएको चाँदी आज ११० रुपैयाँले बढेर  ४ हजार ४४० रुपैयाँमा कारोबार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?