काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले भक्तपुर जिल्लाको राधेराधेमा आफ्नो शोरुम र सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।
उत्कृष्ट मूल्यसहित बहुप्रतिक्षित कम्प्याक्ट ईभी एसयुभि प्रोटोन इ.मास ५ आधिकारिक रूपमा सार्वजनिक गरेसँगै आफ्नो शोरुम र सर्भिस नेटवर्कलाई पनि तीव्र गतिमा विस्तार गरेको हो ।
यसै क्रममा जगदम्बा मोटर्सले मंगलबारदेखि भक्तपुरको राधेराधेमा अत्याधुनिक सुविधासम्पन्न शोरुम तथा सर्भिस सेन्टर उद्घाटन समारोहमार्फत औपचारिक रूपमा सेवा शुभारम्भ गरेको हो । भक्तपुरको यो नयाँ शोरुम तथा सर्भिस सेन्टर पूर्वाधार र सेवा गुणस्तरका हिसाबले नेपालकै उत्कृष्ट प्रोटोन शोरुम तथा सर्भिस सेन्टर रहेको कम्पनीको दाबी छ ।

नेपालमा ग्राहक–केन्द्रित भई अग्रणी विद्युतीय सवारी (ईभी) ब्राण्डको रूपमा महत्त्वपूर्ण योगदान पुर्याउने लक्ष्यसहित शोरुम र सर्भिस सेन्टर विस्तार योजना सुरु गरिएको कम्पनीले जनाएको छ । कम्पनीका प्रतिनिधिका अनुसार, प्रोटोन ब्राण्डप्रति ग्राहकहरूको बढ्दो विश्वासलाई ध्यानमा राख्दै देशभरका ग्राहकमाझ प्रोटोनको उत्पादन तथा सेवाको सहजै पहुँच पुर्याउन सेवा शाखा विस्तार अभियान अघि बढाइएको हो ।
भक्तपुर शाखा सञ्चालनसँगै आगामी हप्तादेखि नै मोफसल (काठमाडौं उपत्यका भन्दा बाहिर) का थप तीन शहरहरू वीरगञ्ज, जनकपुर र नेपालगञ्जमा आधिकारिक रूपमा नयाँ शोरुमहरू शुभारम्भ गरिने जगदम्बा मोटर्सले जनाएको छ । यसअघि कम्पनीले नक्साल, थापाथली, विराटनगर, चितवन, पोखरा, बुटवल र धनगढी गरी ७ वटा स्थानहरूबाट सेल्स तथा सर्भिस सेवा प्रवाह गर्दै आएको थियो । अब ग्राहकहरूले हालै सञ्चालनमा आएको भक्तपुर शाखाका साथै देशभरका अन्य शाखाहरूबाट प्रोटोनका सवारी साधन खरिद तथा मर्मतसम्भार (सेल्स र सर्भिस) सम्बन्धी सम्पूर्ण सेवाहरू सहज रूपमा लिन सक्नेछन् ।
जगदम्बा मोटर्सले सन् २०१८ बाट नेपाली ग्राहकहरूमाझ प्रोटोन ब्राण्डका नयाँ सवारी साधन आधिकारिक रूपमा वितरण गर्दै आएको छ ।

मलेसियाको अग्रणी राष्ट्रिय सवारी साधन ब्राण्ड प्रोटोनले सन् २०१७ देखि जिलीसँगको आफ्नो रणनीतिक साझेदारी मार्फत आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति विस्तार गर्दै आएको छ । हाल प्रोटोन इ.मास ब्रान्ड मलेसियाको अग्रणी विद्युतीय सवारी साधन ब्राण्डको रूपमा उदाएको छ र यसले नेपाल लगायतका अन्तर्राष्ट्रिय बजारहरूमा आफ्नो पकड मजबुत बनाउँदै लगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया