GWM को ‘ड्रागन आर्मर ब्याट्री’ : विद्युतीय सवारी सुरक्षामा नयाँ मानक स्थापित

लोकपथ
7
Shares

काठमाडौं । विश्वभर विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा ब्याट्रीको सुरक्षा, कार्यक्षमता र विश्वसनीयता ग्राहकहरूको सबैभन्दा ठूलो प्राथमिकता बन्न थालेको छ ।

धेरैजसो अटोमोबाइल कम्पनीहरूले तेस्रो पक्षबाट ब्याट्री खरिद गर्ने भए पनि, GWM विश्वका थोरै अटोमोबाइल उत्पादकमध्ये एक हो, जसले आफ्नै भगिनी कम्पनी SVOLT Energy मार्फत ब्याट्रीको अनुसन्धान, विकास र उत्पादन गर्दै आएको छ । यही कारण GWM ले आफ्नो ब्याट्री प्रविधिको गुणस्तर, सुरक्षा र विश्वसनीयतामाथि पूर्ण नियन्त्रण कायम गर्न सफल भएको छ ।

नेपालमा हालै सार्वजनिक भएको GWM ORA 5 EV SUV मा प्रयोग गरिएको Dragon Armor Battery पनि GWM अन्तर्गतको अत्याधुनिक ब्याट्री निर्माता कम्पनी SVOLT ले विकास तथा उत्पादन गरेको हो । वर्षौंको अनुसन्धान र प्रविधि विकासपछि तयार गरिएको यो ब्याट्रीले आगो र पानी प्रतिरोधी उच्च सुरक्षा, लामो ड्राइभिङ रेन्ज, फास्ट चार्जिङ क्षमता तथा उत्कृष्ट कार्यसम्पादनलाई एउटै प्लेटफर्ममा समेटेको कम्पनीले जनाएको छ ।

‘Dragon Armor’ नाम रहनुको कारण यसको विशेष आन्तरिक संरचना हो । ब्याट्रीभित्र रहेका सेलहरू ड्रागनको खप्टाजस्तै तहतहमा मिलाएर राखिएका छन् । यसले विशेष प्रकारको डाउनवर्ड भेन्टिङ प्रणाली निर्माण गर्छ, जसले कुनै असामान्य अवस्थामा ताप वा आगो उत्पन्न भए पनि त्यसलाई यात्रु बस्ने क्याबिनतर्फ फैलिन नदिई तलतर्फ बाहिर निकाल्ने कार्य गर्छ । यसै कारण यो संरचनाले यात्रुहरूको सुरक्षाका लागि थप सुरक्षात्मक कवच (Armor) को रूपमा काम गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?