काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत डोटी र सिन्धुपाल्चोकका दुई विद्यालयलाई शैक्षिक तथा भौतिक सामग्री सहयोग गरेको छ ।
डोटीको के.आई. सिंह गाउँपालिका–४, बगर वायलस्थित श्री सरस्वती आधारभूत विद्यालयलाई बैंकले वाटर डिस्पेन्सर प्रदान गरेको छ ।
उक्त विद्यालयमा कक्षा ५ सम्मका ३६ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । तीमध्ये २१ जना बाबुआमा नभएका तथा सीमान्तकृत विद्यार्थीहरूलाई आवासीय सुविधासहित शिक्षाको व्यवस्था गरिएको छ ।
त्यस्तै, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२ स्थित श्री जन जागृति माध्यमिक विद्यालयलाई ल्यापटप, डेस्कटप कम्प्युटर र प्रोजेक्टर सहयोग गरिएको छ । विद्यालयमा कक्षा १२ सम्म पठनपाठन हुन्छ र करिब ४५० विद्यार्थी अध्ययनरत छन् ।
विद्यालयमा प्रविधिको पहुँच विस्तार गरी गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्ने उद्देश्यले यी सामग्री सहयोग गरिएको बैंकले जनाएको छ। सहयोग सामग्री विभिन्न कार्यक्रममार्फत बैंकका प्रतिनिधिहरूले सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया