घट्यो सुनचाँदीको मूल्य

लोकपथ
420
Shares

काठमाडौंं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले घटेको हो ।

अघिल्लो दिन २ लाख ७७ हजार ९ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँले घटेर २ लाख ७७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो ।

मंगलबार ४ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १५ रुपैयाँले घटेर ४ हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?