काठमाडौं । काठमाडौं महानगरपालिका–३२ तिनकुने गैरीगाउँ पेट्रोलपम्पमा मोटरसाइकल दुर्घनामा हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आज बिहाना ४ः३० बजे प्र ३–०२–००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ट्रिपरले ठक्कर दिंँदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमाख काभ्रे पनौती नगरपालिका-११ घर भई ललितपुर धापाखेल बस्ने वर्ष २६ का सुकराम तामाङ रहेका छन् ।
उपचारका क्रममा बिहान ५ः३० बजे ट्रमा सेन्टरमा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।
दुर्घटनामा मोटरसाइकलमै सवार काभ्रे बेथानचोकका रमेश तामाङ घाइते भएको र उनको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया