विकास निर्माणका काम कुनै पनि बहानामा रोक्न मिल्दैन : सांसद खतिवडा

लोकपथ
245
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पाथिभारा केबलकार निर्माणविरुद्ध भइरहेको आन्दोलन वार्ताबाटै समाधान गर्नुपर्ने बताएका छन् । 

बिहीबार गृह मन्त्रालयमा आयोजित गृहमन्त्री रमेश लेखक र कोशी प्रदेशका सांसदहरूबिच भएको छलफलपछि उनले यस्तो बताएका हुन् ।

उनले विकास निर्माणका काम कुनै पनि बहानामा कसैले रोक्न नमिल्ने बताए । स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरेर निष्कर्ष निकाल्नु पर्नेमा जोड दिए ।

सांसद खतिवडाले केबुलकार निर्माणको अनुमति २०७५ सालमै दिएको तर अहिले स्थानीय जनताले नभई बाहिरका व्यक्तिहरूले आन्दोलन चर्काएर राजनीतिकरण गर्न खोजेको आरोप लगाए ।

सबै पार्टीका नेताहरूलाई छलफलका लागि बोलाइएकाले छिट्टै एउटा निष्कर्षमा पुग्ने उनको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?