साउदी अरबका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारको नाम अस्वीकृत

लोकपथ
0
Shares

काठमाडौं । साउदी अरबका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारको नाम अस्वीकृत भएको छ ।

संसदीय सुनुवाई समितिले सुनारको नाम अस्वीकृत गरेको हो ।

सरकारले सिफारिस गरेका राजदूतहरुमा संसदीय सुनुवाई सकिएको छ । आज राजदूतमा प्रस्तावित सुनारबारे संसदीय सुनुवाई समितिमा छलफल भएको थियो । छलफलका क्रममा सुनारविरुद्ध परेका उजुरीहरुबारे छलफल भएको थियो ।

छलफलका क्रममा उनले महिला हिंसा गरेको लगायतका आरोपसहितका उजुरीमाथि छलफल भयो । छलफलका क्रममा उनले आफूले केही विषय स्वीकार समेत गरेका थिए ।

‘माननीय सदस्यहरू, नेपाल सरकारको निर्णयअनुसार नेपाली राजदूत पदमा नियुक्तिका लागि साउदी अरबका लागि प्रस्तावित श्री गिरिबहादुर सुनारको नामका सम्बन्धमा समितिमा भएको निर्णयअनुसार उहाँको नाम सर्वसम्मत रूपमा अस्वीकृत भएको घोषणा गर्दछु,’ संसदीय सुनुवाई समितिका सभापति बोधनारायण श्रेष्ठले भनेका छन् ।

पूर्ववर्ती सरकारले नियुक्त गरेको सबै जसो राजदूतलाई फिर्ता बोलाएर सरकारले विभिन्न ११ देशको राजदूत सिफारिस गरेको थियो । तर अन्य १० जनाको नाम स्वीकृत भए पनि सुनारको नाम भने अस्वीकृत भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?