सामाजिक सञ्जालको अधिकार एक इन्च पनि कटौती हुँदैन तर अराजकता स्वीकार्य छैन : प्रधानमन्त्री ओली

लोकपथ
357
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालको अधिकार एक इन्च पनि कटौती नहुनेगरी सामाजिक सञ्जाल सम्बन्धी विधेयक ल्याएको दाबी गरेका छन् । 

बिहीबार काठमाडौंमा डिजिटल अपराध सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले छाडातन्त्र, अराजकता र समाजलाई विकृत बनाउने कुरा, सभ्यता, संस्कृति, गौरवपूर्ण परम्परालाई होच्याउने र अपमान गर्ने कुरा भने स्वीकार्य नहुने बताए ।

उनले सांस्कृतिक कुराहरू ध्वस्त बनाउने कुराहरू गरेर घृणाको राजनीति गर्नेकुरा स्वीकार्य हुन नसक्ने उनको भनाइ छ । कसैको व्यवहार, कारोबार बर्बाद गरिदिने, कसैका परिवार छिन्नभिन्न बनाइदिने, कसैको जिन्दगी बद्नाम गरिदिने, अविश्वास फैल्याइदिने, भ्रम छरिदिने कुराहरू नियन्त्रण गरेरै छोड्ने प्रतिबद्धता जनाए । 

प्रधानमन्त्री ओलीले बलात्कार जस्ता अपराधहरू स्वीकार्य नहुने भन्दै यस्ता कुरा नियन्त्रण हुनुपर्छ भनेर लाग्दा विरोध गर्नु आफैँमा स्तरहिन तर्क रहेको बताए । असामाजिक कुराहरू रोक्नुपर्ने उनको भनाइ छ  । मानिसहरूले अपराध कर्ममा सफल हुनुलाई सफलता ठान्ने गरेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?