काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले अनलाइनमार्फत हुने व्यापारिक कारोबारलाई नियमन गरी व्यवस्थित र विश्वसनीय बनाउन ‘विद्युतीय व्यापार विधेयक’ ल्याइएको बताएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले राखेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
उनले विधेयकमा छलफलका क्रममा आएका संशोधनहरूलाई नियमावली र कार्यविधिमा समावेश गर्दै लैजाने प्रतिबद्धता समेत व्यक्त गरे । उनले प्रविधिको विकाससँगै आवश्यक भएका प्रावधानहरू समयक्रमसँगै नियमावली र कार्यविधिमा समावेश गरेर कानुनलाई थप समृद्ध बनाउँदै लैजाने बाएका छन् ।
विधेयकले अनलाइन व्यापारलाई पारदर्शी बनाउने र उपभोक्तालाई गुणस्तरीय सेवा र वस्तु प्राप्त गर्न सहज हुने विश्वास समेत व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया