यती एअरलाइन्सको चाडपर्व अफर : स्कुटर र माउन्टेन फ्लाइट जित्ने अवसर

लोकपथ
0
Shares

काठमाडौं । यती एअरलाइन्सले दशैँ, तिहार र छठलाई लक्षित गर्दै ‘यतीले उडाउँछ, भाग्यले गुडाउँछ’ नामक विशेष चाडपर्व अभियान सञ्चालन गरेको छ ।

यस अभियानअन्तर्गत यात्रुले बम्पर उपहारमा पुजो ज्याङ्गो १२५ स्कुटर र साप्ताहिक उपहारका रूपमा माउन्टेन फ्लाइट जित्ने अवसर पाउनेछन् ।

अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन भइरहेको यो अभियान असोज २३ गतेदेखि सुरु भएको हो । कात्तिक ३० गतेसम्म ३९ दिन चल्ने अभियानको उद्देश्य चाडपर्वको यात्रालाई थप रमाइलो र स्मरणीय बनाउनु रहेको कम्पनीले जनाएको छ ।

अभियानअन्तर्गत यती एअरलाइन्सको टिकट बुक गरी यात्रा पूरा गर्ने यात्रु स्वतः लक्की ड्रमा सहभागी हुनेछन् । यसका लागि छुट्टै दर्ता गर्नुपर्ने छैन । तर, रद्द गरिएका, रकम फिर्ता लिइएका वा प्रयोग नगरिएका टिकट लक्की ड्रमा समावेश हुने छैनन् ।

विजेताको घोषणा सन् २०२६ डिसेम्बर १ मा यती एअरलाइन्सको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी गरिने कम्पनीले जनाएको छ । बम्पर पुरस्कार विजेताले ५ लाख ७१ हजार रुपैयाँ मूल्यको पुजो ज्याङ्गो १२५ स्कुटर प्राप्त गर्नेछन् ।

कम्पनीले यात्रुहरूले वर्षौंदेखि देखाउँदै आएको विश्वास र साथप्रति आभार व्यक्त गर्दै चाडपर्वको अवसरमा थप खुसी बाँड्न अभियान ल्याएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?