केआईआईटीका नेपाली विद्यार्थी भन्छन्– ‘पाइपले पिट्दै निकाले’

लोकपथ
4.6k
Shares

काठमाडौं । भारतको उडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलीका (केआईआईटी) मा नेपाली छात्राको शंकास्पद मृत्यु भएपछि त्यहाँ रहेका अन्य नेपाली विद्यार्थीहरुलाई समेत निकालिएको छ ।

आइतबार साँझ नेपाली विद्यार्थी प्रकृती लम्सालको मृत्यु भएको थियो । मृतकमाथि केही व्यक्तिहरुले टर्चर दिइरहेको र अकस्मात मृत्यु हुँदा विश्वविद्यालयले लास समेत अस्पतालमा पुर्याएपछि मात्रै देखाएको विद्याथीहरुको आरोप रहेको छ । उनको मृत्यु भएपछि नेपाली विद्यार्थीहरुले आइतबार राति नै विरोध जनाएका थिए । त्यसपछि अन्य विद्यार्थीहरुलाई समेत विश्वविद्यालयले अमानवीय तवरले पाइपले पिट्दै लखेटीरहेको एक विद्यार्थीले भारतीय मिडियालाई बताएका छन् । साथै आफूहरुको साथमा केही नभएको र एक्कासी सस्पेन्ड गरेको भन्दै निस्किएर जान भन्दै निकालेको उनीहरुले बताएका छन् ।

‘हामीलाई आजै बिहान एक्कासी घर जाओ भन्दै पाइपले हानेर निकालियो । हाम्रो साथमा अहिले केही पनि छैन, हामीलाई निकालेर घर आओ भन्दै निकालियो,’ एक नेपाली विद्यार्थी भन्छन् ।

आफूहरुले विरोध गरेपछि आफूहरुलाई निकालिएको अर्का विद्यार्थी भन्छन् । आफूहरुको परीक्षा समेत नजिकै आइरहेको र एक्कासी सस्पेन्ड गरेर निकालिएको उनीहरुको गुनासो रहेको छ ।

उक्त विश्वविद्यालयमा १ हजार भन्दा बढी नेपाली विद्यार्थीहरु रहेका छन् । यता प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले उक्त विषयमा कुटनीतिक रुपमा कुरा गरिरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?