काठमाडौं । धनगढीको सेती प्रादेशिक अस्पतालमा कार्यरत डाक्टरमाथि आक्रमण भएको छ ।
सोमबार बिहान डाक्टर वेदप्रकाश पन्तमाथि आईसीयूमा बिमारीलाई चेकजाँच गरेर फर्किने क्रममा आक्रमण भएको हो ।
धनगढी उपमहानगरपालिका–१३ का ४६ वर्षीय रमतरन राना प्रेसर बढेपछि चेकजाँचका लागि आएका थिए । डा. पन्तले आईसीयूमा बिरामीलाई चेकजाँच गरेर फर्किने क्रममा वेदप्रकाशका उनका छोरा २४ वर्षीय कृष्ण रानाले आक्रमण गरेका प्रहरीले जनाएको छ ।
आक्रमणबाट डाक्टर पन्तको मुखमा सामान्य चोट लागेको छ । डाक्टर पन्तमाथि हातपात गर्ने कृष्णलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया