काठमाडौं । नेपाल बीमा प्राधिकरणको रिक्त सञ्चालक समितिको अध्यक्ष पदको लागि आवेदन दिने आवेदकहरू मध्ये ५ जना संक्षिप्त सूचीमा समावेश भएका छन् । प्राधिकरणको अध्यक्षका लागि १२ जनाको आवेदन परेकोमा समितिले कमलप्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला, शरद ओझा र रामशरण पुडासैनीलाई अन्तर्वार्तामा बोलाएको हो ।
सञ्चालक समितिको अध्यक्ष नियुक्तिको लागि नेपाल सरकार समक्ष नाम सिफारिस समितिको फागुन ४ को निर्णयअनुसार यो सूची प्रकाशन गरेको हो ।
समितिले उनीहरूलाई फागुन १० गते २ बजे सिंहदरबारस्थित अर्थ मन्त्रालयमा व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तरवार्ताको लागि बोलाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया