कतारको एक प्रतिष्ठित कम्पनीद्वारा दुई नेपाली दाजुभाईलाई नगद पुरस्कार

काठमाडौं । आइओएस प्राप्त कतारको एक प्रतिष्ठित कम्पनीमा विगत १० वर्षदेखि कार्यरत सिन्धुपाल्चोकका सहोदर दाजुभाई छटट बहादुर श्रेष्ठ र सोम बहादुर श्रेष्ठले जनही १५ हजार रियाल पुरस्कार पाएका छन् । इमान्दारी पुर्वक कम्पनीमा काम गरेवापत् नासर अल अलि इन्टरप्राइसेस कम्पनीका मालिक नासर अल अलीको हातबाट सो पुरस्कार प्राप्त गरेका हुन् ।

सन् २००८ मा हेल्परका रुपमा सोही कम्पनीमा आएका श्रेष्ठ दाजुभाइहरु मध्ये छटट बहादुर  कार्पेन्टर, मेसन, स्काफोल्डर, स्टील फिक्स्चर लगायतको काममा दक्षता हासिल गरी सक्षम ट्रेड वर्कर भइसकेका छन् ।

नेपालमा एउटा गार्मेन्ट कम्पनीमा काम गरिरहेका दुई छोरा र चार छोरीका बाबु छटटबहादुर आफनो आर्थिक अवस्थामा सुधार नभएपछि उनी अल नासर कम्पनीमा आएका हुन् । यस कम्पनीमा आफु आउन पाउनु नै आफ्नो अहोभाग्य सम्झेका छटट बहादुरले कम्पनीको मालिक नासर अल अली आफ्नो अविभावक जस्तो भएकोले आफु पराइभुमीमा भएजस्तो पनि नलागेको बताए ।

यस कम्पनीमा आएपछि आफनो आर्थिक अवस्था समेत सुधार भएको र सम्पूर्ण सिप पनि जानेको बताउँदै छटट बहादुरले आफुले प्राप्त गरेको इनाम रकम २०७२ को भुकम्पले भत्काएको घर मर्मतसम्भारमा खर्च गर्ने बताए । छटट बहादुरका विवाहित एउटा छोरा नेपालमै जागिर खादैछन् भने कान्छो छोरो गाउकै राम्रो विद्यालयमा अध्ययन गरिरहेका छन् । उनले आफ्ना सबै छोरीको पनि विवाह गरिदिइसकेका छन् ।

अर्का १५ हजार रियाल इनाम पाउने भाग्यमानी छटटबहादुरका भाइ सोम बहादुरपनि हेल्परमै सोही कम्पनीमा आएका हुन् । अहिले सोमबहादुर स्काफोल्डीङका टिम लिडर भइसकेका छन् । सोम बहादुरले नजानेको काम केहीपनि छैन उनी सबै काममा दख्खल भइसकेका छन् । 

अल नासर इन्तरप्राइसेस कम्पनीमै सोमबहादुरले पनि १० वर्ष विताइसकेका छन् । सोही कम्पनीमा काम गरेर जोहो गरेको रकमले आफ्ना दुई बालवच्चाको पढाइ साथै श्रीमतिको लागि खर्च पानी जुटाएको मात्र होइन गाउँमै नयाँ घरजग्गा समेत जोडी सकेका छन् ।

कम्पनीको मालिक नासर अल अली अत्यन्त सहयोगी र सहृदयी भएको कारणले नै आफनो आर्थिक भविष्यमा यसरी सुधार हुन सकेको सोमबहादुरले बताउँदै नासर अल अलि इन्टरप्राइसेस र कम्पनी मालिकप्रति आभार व्यक्त गरे । यो रकम आफ्नो लागि ठूलो सहयोग रकम भएको स्विकार्दै  आफ्नो छोराहरुको पढाइमा खर्च गर्ने उनले बताए । 

नासर अल अली इन्टरप्राइसेस जस्तो राम्रो कम्पनी र यस कम्पनीको मालिक जस्तो सहृदयी मालिक अनि आफूले इमान्दारी पूर्वक कम्पनीको लागि काम गरेको कारणले नै यो नगद रकम इनाम पाएको बताउँदै कम्पनीले एक न एकदिन इमान्दारिताको उच्च मूल्यांकन गर्नेरहेछ भन्ने आफुलाई पूर्ण विश्वास लागेको दुवै दाजुभाईले भनाई थियो । 

कम्पनीका मालिकले समयसमयमा उत्कृष्ट कामदारहरुलाई सुनको सिक्का समेत इनामको रुपमा प्रदान गर्दै आइरहेका छन् भने १० वर्षभन्दा बढी काम गरिसकेका नेपाली, भारतीय, वंगलादेशी कामदारहरु यस्तै यस्तै पुरस्कार (इनाम)हरुबाट लाभान्वित भइका छन् ।

कम्पनी मालिक आसर अल अलीले आफ्नो कम्पनीमा काम गर्ने सबै कामदारहरुको छोराछोरीहरुको पढाई खर्च समेत दिने गरेका छन् । उनले २०७२ को आमविनासकारी महाभुकम्पले भत्काएको आफ्ना नेपाली कामदारहरुको घर बनाउन डेढ करोड रुपैयाँभन्दा बढी रकम समेत कम्पनीका मालिकले सहयोग दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?