राप्रपाको प्रदर्शनमा झडप, ज्ञानेन्द्र शाहीसहित प्रदर्शनकारी प्रहरी नियन्त्रणमा

लोकपथ
364
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाको जुलस भृकुटीमण्डपबाट सुरु भएको थियो । जुलस निषेधित क्षेत्रतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोक्ने क्रममा झडप भएको थियो । सो क्रममा शाहीसहित अन्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

झडपका क्रममा प्रहरीले पानीको फोहोरा हान्नुका साथै लाठी चार्ज गरेको छ । प्रदर्शनकारीले ढुंगा हानेका थिए । झडपका क्रममा राप्रपाका केही कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?