निषेधाज्ञा सकिएको ७ दिन पछिसम्म मुद्दती निक्षेपका लागि समय थप

RSS
63
Shares

काठमाडौं । निषेधाज्ञाको समयमा नविकरण गर्नु पर्ने मुद्दती निक्षेपका लागि वाणिज्य बैंकहरुले समय थप गर्ने भएका छन् । बैंकर्स संघले विद्युतीय माध्यमबाट नविकरण गर्न नसकिएको अवस्थामा निषेधाज्ञा समाप्त भएको ७ दिन पछिसम्म नविकरणको व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

बैंकर्स संघले आइतबावा एक विज्ञप्ति निकाल्दै निषेधाज्ञा अवधिभर मुद्दती खाता नविकरण समेत सम्बन्धित बैंकलाई इमेल मार्फत अनुरोध गर्न सकिने बताएको छ ।

‘कुनै परिस्थितिवस इमेल गर्न नसकिएको खण्डमा निषेधाज्ञा समाप्त भएको ७ दिनपछिसम्म मुद्दती परिपक्व भएको मितिबाट नै लागू हुने गरि नविकरण गर्न सकिनेछ ।’ विज्ञप्तिमा भनिएको छ ।

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?