मोदीले बालेनलाई फोन गर्दै भने– ‘कठिन परिस्थितिमा भारत नेपालसँगै छ’

लोकपथ
0
Shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भोटेकोशीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

मोदीले आज प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग टेलिफोनमा कुराकानी गर्दै बाढीबाट प्रभावित नेपालीप्रति समवेदना व्यक्त गरेका हुन् ।

कुराकानीका क्रममा मोदीले कठिन परिस्थितिमा भारत नेपाल र नेपाली नागरिकको साथमा रहेको बताएका छन् । बाढीपछि उत्पन्न संकट समाधानका लागि नेपाललाई आवश्यक मानवीय सहयोग उपलब्ध गराउन भारत तयार रहेको उनले बताएका हुन् ।

मोदीले उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन भारतीय टोलीले नेपालका सम्बन्धित निकायसँग समन्वय गरेर काम गरिरहेको जानकारी पनि दिएका छन् ।

उनले विपत्तिमा परेका नेपालीको उद्धार तथा राहतका लागि भारतले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?