काठमाडौं । रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले दुःख व्यक्त गरेको छ ।
कम्पनीले बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
बाढीका कारण भवन, सवारीसाधन, उद्योग–व्यवसाय तथा अन्य सम्पत्तिमा ठूलो क्षति पुगेको भन्दै कम्पनीले प्रभावित बीमितको साथमा रहेको जनाएको छ ।
बी मा गरिएका सम्पत्तिमा भएको क्षतिको जोखिम बहन गर्दै दाबी भुक्तानी प्रक्रिया छिटो र सहज बनाउने प्रतिबद्धता कम्पनीले जनाएको छ । प्रभावित बीमितलाई सकेसम्म छिटो कम्पनीमा सम्पर्क गरी दाबी प्रक्रिया अघि बढाउन पनि अनुरोध गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया