काठमाडौं । बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नुवाकोट र रसुवाका दर्जन बढी जलविद्युत आयोजनामा क्षति पुगेको छ ।
प्राप्त जानकारी अनुसार कुल १४ वटा आयोजनामा क्षति पुगेकोमा ९ वटा सञ्चालनमा रहेका छन् भने बाँकी ५ वटा निर्माणाधीन रहेका छन् ।
रसुवाका ८ र नुवाकोटका ६ आयोजनामा क्षति पुगेको बताइएको छ ।
रसुवाको निर्माणाधीन माथिल्लो त्रिशूली–१ (२१६ मेगावाट), रसुवा भोटेकोशी (१२० मेगावाट), माथिल्लो मैलुङ–ए (१२० मेगावाट) मा क्षति पुगेको छ । यसैगरी सञ्चालनमा रहेका रसुवागढी जलविद्युत आयोजना, सान्जेन खोला, लाङटाङ खोला, चिलिमे र मेलुङ खोला जलविद्युत आयोजनामा क्षति पुगेको हो ।
यता नुवाकोटर्फ सञ्चालनमा रहेका त्रिशूली जलविद्युत आयोजना, देवीघाट जलविद्युत आयोजना, माथिल्लो त्रिशूली–३बी र नुवाकोट सौर्य विद्युत आयोजनामा क्षति पुगेको छ ।
यसैगरी निर्माणाधीन माथिल्लो त्रिशूली–३बी, मिडल त्रिशूली गंगा जलविद्युत आयोजनामा क्षति पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया