आगामी निर्वाचनको तयारी तीव्र बनाउन आयोगलाई प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । आगामी निर्वाचन र नेकपाको आधिकारिकताबारे छलफल गरेर प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगबाट बाहिरिएका छन् ।

आजको छलफलमा आगामी निर्वाचनको तयारीका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । छलफलका क्रममा आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले प्रधानमन्त्री ओलीलाई निर्वाचनका विषयमा जानकारी गराएको उनले बताए ।

“निर्वाचन आयोगका तयारीका सन्दर्भमा जानकारी लिन प्रधानमन्त्री निर्वाचन आयोग आउनुभएको हो । तयारीका बारेमा उहाँले छलफल गर्नुभयो । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले प्रधानमन्त्रीलाई जानकारी गराए ।” उनले भने- “गत तयारीका सन्र्दभमा प्रधनमन्त्रीले घन्यवाद ज्ञापन गर्नुभएको छ । निर्वाचनका तयारीका गर्न पनि ध्यानाकर्षण गराउनु भएको छ ।”

त्यस्तै प्रधानमन्त्री ओलीले माघ ११ गतेको निर्णय र माघ २० गते अर्को निवेदन प्राप्त भएको जानकारी गराएको थापाले जानकारी दिए । त्यस्तै आफ्नो समूह नै आधिकारिक भएको दाबी गर्दै दलको कुरा मुख्य नभएको थापाले टिप्पणी गरेका छन् । त्यस्तै निर्वाचन आयोगले पनि बजेट, सुरक्षाको बन्दोबस्ती लगायतको विषयमा जानकारी गराएको थापाले जानकारी दिए ।

“माघ ११ गते एउटा निर्णय गरेको र २० गते अर्को निवेदन प्राप्त भएको जानकारी गराउनु भएको छ । निर्वाचनको तयारीका सन्दर्भमा नै कुराकानी भएको हो । आयागेले दलका बारेमा गर्ने विषय अब मुख्य होइन । बजेट, सुरक्षाका बन्दोबस्ती लगायतका विषयमा जानकारी आयोगले गराएको छ ।” उनले भने ।

त्यस्तै प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुलाई प्रधानमन्त्री ओलीले यसअघि नै भनेको र कुनै कमी नहुने पनि भने अनुसार तयारीका सन्दर्भमा आफूलाई आयोगले केन्द्रीत गरेको थापाले बताए ।

त्यस्तै छलफलका लागि नेकपा विवादको विषय मुख्य कुरा नभएको पनि थापाको जिकिर छ ।

विभिन्न विषयमा छलफलका लागि प्रधानमन्त्री ओली मंगलवार बिहान ११ : ३० बजे आयोग पुगेका थिए । साथै अर्थमन्त्री विष्णुप्रसाद पौडेल र कानूनमन्त्री शिवमाया तुम्बाहाम्फे समेत छलफलका लागि आयोग पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?