ओली – प्रचण्डबीच ५ बुँदे समझदारी, नेकपा स्थायी कमिटी बैठक जारी

काठमाडौं – पार्टीको चुलिँदो विवाद समाधानका लागि भन्दै बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ ।

बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको सहमतिका विषयमा छलफल भइरहेको सहभागि एक नेताले जानकारी दिए ।

के – के हुन् ओली प्रचण्डबीच भएको ५ बुँदे समझदारी ? 

पहिलो :  हिजो (मंगलबार) जारी गरेको संवैधानिक परिषद्सँग सम्बन्धित अध्यादेश फिर्ता लिने

दोस्रो : दुवै अध्यक्ष (प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड) ले ल्याएका प्रतिवेदन फिर्ता लिने

तेस्रो : पार्टीभित्रको विवाद समाधानको लागि भदौ २६ गतेको सहमतिमा फर्किने

चौँथो  : संसदको विशेष अधिवेसन बोलाउने हस्ताक्षर क्याम्पियन स्थगित हुने

पाँचौँ : आगामी बैठकमा ओली–प्रचण्डको संयुक्त प्रस्ताव लाने

दिउँसो १ बजे डाकिएको स्थायी कमिटी बैठक अध्यक्षद्वयको ३ घण्टा लामो छलफलका कारण ४ बजे मात्रै बसेको थियो ।

यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् : 

ओली प्रचण्डबीच ३ घण्टा लामो वार्ता : तीन सहमतिसँगै नेकपा विवादमा ‘सेफ ल्याण्डिङ सिग्नल’

शुरु भयो नेकपा स्थायी कमिटी बैठक : झनै कसिएला कि फुक्ला त गाँठो ? 

अध्यादेश फिर्ता लिन ओली सहमत

बालुवाटारमा ओली प्रचण्डबीचको वार्ता 

ओलीको त्यो अडान, जसले अलमलमा पार्‍यो नेकपा स्थायी कमिटी बैठक ! 

विशेष अधिवेशनको माग राख्दै नेकपाका सांसदहरु शीतलनिवासमा 

स्थायी कमिटी बैठकअघि ओलीसँग भेट्न प्रचण्ड पुगे बालुवाटार

नेकपा स्थायी कमिटी बैठक : चुलिएको संकटमाथि ‘अध्यादेश’ को झट्का ! 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?