काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले विपद् व्यवस्थापनको विषयमा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ र पार्टी सभापति रवि लामिछानेबीच निरन्तर संवाद र समन्वय भइरहेको बताएका छन् ।
मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
सरकार र पार्टीबिचको सम्बन्ध सौहार्दपूर्ण, कसिलो र समन्वयकारी रहेको उनको दाबी छ ।
प्रवक्ता खरेलले सरकारले सिमित स्रोत र साधनका बाबजुद १२ हजारभन्दा बढी नागरिकको उद्धार गर्न सफल भएको बताए ।
उनले राजनीतिक दल, सञ्चारमाध्यम, स्थानीय नागरिक र तीनै तहका सरकारको सहयोगमा विपद्पछिको खोज, उद्धार र राहत वितरणको कार्य भइरहेको समेत बताए । उनले विपद् प्रभावित क्षेत्रमा २० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको बताउँदै राज्यको सम्पूर्ण ध्यान उद्धार, राहत र खोजी कार्यमा केन्द्रित रहेको बताए ।
उनले सर्वदलीय बैठकमा दलहरुले उद्धार तथा राहत वितरण प्रक्रियालाई अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको बताए ।
उनले भने, ‘तपाईंहरुलाई स्पष्ट होस् सरकार र पार्टीबीच असाध्यै सौहार्दपूर्ण, असाध्यै कसिलो र असाध्यै राम्रो सम्बन्ध छ । यो यत्तिकै भन्नका लागि मैले भनेको होइन । पार्टी सभापतिले र सम्माननीय प्रधानमन्त्रीले गर्ने हरेक कामहरुको सन्दर्भमा हरेक दिन उहाँहरु बीचमा कम्युनिकेसन भइरहेको छ । हरेक दिन सरसल्लाह भइरहेको छ । अब कम्युनिकेसन भयो कि भएन भन्नलाई हिजोकै उदाहरण तपाईँहरुलाई काफी छ नि । हिजो नै हाम्रो सम्माननीय प्रधानमन्त्री र पार्टी सभापतिबीच भेटघाट भएको छ । यो समयमा कसरी अजाने, के गर्ने भन्ने विषयमा दुई जनाबीच नियमित रुपमा कुराकानी भइरहेको छ । सबै काम एकैजनाले गर्न सक्दैन । सरकारले मात्र गर्ने भन्दा नि पार्टीले के गर्ने र सरकारले के गर्ने भन्ने विषयमा प्रधानमन्त्रीज्यू र सभापतिज्यूबीच निरन्तर रुपमा समन्वय भइरहेको छ । झन्डै १२ हजार विपद् प्रभावित नागरिकहरुलाई उद्धार गरिएको छ । सरकारको नेतृत्वमा, सबै राजनीतिक दलहरुको सहयोगमा, तपाईं मिडियाहरुको सहयोगमा र स्थानीयहरुको चाहने सहयोगमा सबै तवर स्तरका सरकारको सहयोगमा आज करिब १२ हजार मानिसहरु विपद्
प्रभावितलाई उद्धार गर्न सकिएको छ ।’
सर्वदलीय बैठकमा तीनै तहमा सर्वदलीय रानजीनितक संयन्त्र बनाई बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनस्र्थापनाको कार्य गर्ने सहमति भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया