काठमाडौं – पार्टीको चुलिँदो विवाद समाधानका लागि भन्दै बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा मूलत: पाँचवटा सहमति भएको छ ।
स्थायी कमिटी बैठकअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा महासचिव विष्णु पौडेलसहित पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच करिब ३ घण्टा लामो छलफल भएको थियो ।
सोही बैठकमा भएका छलफल र सहमतिका विषयमा स्थायी कमिटीमा जानकारी गराउँदै बैठक शुरु भएको नेकपाका एकजना सचिवालय सदस्यले लोकपथलाई जानकारी दिए ।
बैठकमा स्थायी कमिटी बैठक पुस ५ गते बस्ने र केन्द्रिय कमिटी बैठक पुस १० गते बस्ने निर्णय भएको सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले भने, “संवैधानिक परिषद्सम्बन्धी एक अध्यादेश जारी गरेको थियो । साथसाथै केही सांसदहरुले संवैधानिक व्यवस्थाअनुसार संसदको अधिवेशनको माग गर्दै राष्ट्रपतिसमक्ष लगिएको हस्ताक्षर प्रक्रिया अघि बढाउन जानु भएको थियो । सरकारले जारी गरेको अध्यादेश फिर्ता लिने र संसद बैठक माग गरेर पेश गर्न भनिएको आवेदन पनि फिर्ता लिन सर्वसम्मतिले निर्णय भयो ।
प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठकमा हिजो कुनै निर्णय नभएको जानकारी गराउनु भएको छ । पुस ५ गते अर्को स्थायी समिति बैठकबस्नेछ । र पुस ५ को केन्द्रीय समिति बैठक पुस १० गतेसम्म स्थगित भएको छ ।”
के – के हुन् पाँचबुदे सहमति ?
पहिलो : हिजो (मंगलबार) जारी गरेको संवैधानिक परिषद्सँग सम्बन्धित अध्यादेश फिर्ता लिने
दोस्रो : दुवै अध्यक्ष (प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड) ले ल्याएका प्रतिवेदन फिर्ता लिने
तेस्रो : पार्टीभित्रको विवाद समाधानको लागि भदौ २६ गतेको सहमतिमा फर्किने
चौँथो : प्रचण्डपक्षले चलाएको संसदको विशेष अधिवेसन बोलाउने हस्ताक्षर क्याम्पियन स्थगित हुने
पाँचौँ : आगामी बैठकमा ओली–प्रचण्डको संयुक्त प्रस्ताव लाने विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
पार्टीमा ६ महिनादेखि चुलिएको विवाद समाधान गर्न सचिवालय बैठक असफल भएसँगै प्रचण्ड पक्षको पहलमा स्थायी कमिटी बैठक डाकिएको थियो । पार्टीका दुई अध्यक्षको मनमुटाव मिलाएर पार्टीका थाँति कामकारबाही अगाडी लैजानुपर्ने दबाब र फूटको संघारमा पुगेको सङ्कट समाधानको चुनौति स्थायी कमिटीका अगाडी थियो यससँगै अब नेकपाको विवादले सेफ ल्याण्डिङको सिग्नल पाएको छ ।
पार्टीका दुई अध्यक्ष (प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड) को राजनीतिक प्रतिवेदनमा एक अर्काको दोष कोट्याउने होडबाजी चलिरहेको बेला हिजो (मंगलबार) सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सँग सम्बन्धित अध्यादेश जारी गरेपछि नेकपाको विवाद झनै गहिरिएको कारण आजको बैठकलाई धेरैले चासो दिएका थिए ।
यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् :
पार्टीको विवाद समाधानोन्मुख भएपछि योगेश भट्टराईको प्रतिकृया यस्तो
ओली प्रचण्डबीच ३ घण्टा लामो वार्ता : तीन सहमतिसँगै नेकपा विवादमा ‘सेफ ल्याण्डिङ सिग्नल’
शुरु भयो नेकपा स्थायी कमिटी बैठक : झनै कसिएला कि फुक्ला त गाँठो ?
बालुवाटारमा ओली प्रचण्डबीचको वार्ता
ओलीको त्यो अडान, जसले अलमलमा पार्यो नेकपा स्थायी कमिटी बैठक !
विशेष अधिवेशनको माग राख्दै नेकपाका सांसदहरु शीतलनिवासमा
स्थायी कमिटी बैठकअघि ओलीसँग भेट्न प्रचण्ड पुगे बालुवाटार
नेकपा स्थायी कमिटी बैठक : चुलिएको संकटमाथि ‘अध्यादेश’ को झट्का !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया