काठमाडौं । यस वर्षको मनसुनमा औसतभन्दा कम वर्षाको प्रक्षेपण गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागले आगामी मनसुन अर्थात चार महिनाको ऋतुगत मौसम आँकलन गर्दै देशभर औसतभन्दा कम वर्षा हुने र अधिकतम तापक्रम औसतभन्दा बढी हुने जनाएको छ ।
विभागका मौसमविद् सुदर्शन हुमागाईंले दक्षिण एशियाली जलवायु पूर्वानुमान मञ्च (सास्कोफ) ले सन् २०२६ को मनसुन अवधिमा दक्षिण एसियाका अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको र सोहीअनुसार विभागले औसतभन्दा कम वर्षा हुने पूर्वानुमान गरेको बताए ।
हुमागाईंका अगामी मनसुनमाअनुसार कर्णाली, बागमती र कोशी प्रदेशका उत्तरी भूभागबाहेक अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षा हुनेछ । उनले नेपालको उत्तर–पश्चिमी क्षेत्रमा भने सरदर वर्षा हुने अनुमान गरिएको बताए ।
मौसमविद् हुमागाईंकाअनुसार कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मधेश प्रदेशका पूर्वी भूभाग र कोशी प्रदेशका दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशतसम्म छ भने सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मधेस प्रदेशका पश्चिमी भूभाग र कोसी प्रदेशका मध्य भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म छ । उनले कर्णाली प्रदेशका उत्तरी भूभाग तथा कोसी प्रदेशका उत्तरी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म छ ।
मौसमविद् हुमागाईंले भने, ‘सास्कोफले नेपालको उत्तर पश्चिमि भागमा सरदर वर्षा हुने र बाँकी ठाउँहरुमा कम वर्षा हुने भन्ने देखाउँछ । एक डिग्रीको ग्रिड साइजमा फोरकास्ट आउँछ र तर हाम्रोमा आउँदैन । किनभने हामीले एकदमै सानो क्षेत्रको फोरकास्ट निकाल्ने गरेका हुन्छौँ । यो वर्षको मनसुनमा कर्णाली प्रदेश, बागमती प्रदेश कोशी प्रदेशका उत्तरी भूभागहरुमा सरदर वर्षा हुने अनुमान गरेका छौँ । देशका बाँकी भूभागहरुमा सरदरभन्दा कम वर्षा हुने देखिन्छ । मुलुकका केही भूभागमा औसतभन्दा निकै कम वर्षा हुने देखिएको छ । यस वर्ष सरदरभन्दा बढी तापक्रम हुने अनुगमान पनि हामीले गरेका छौँ । त्यसैगरी कोपर निकश क्लाइमेट सेन्टरले पनि हाम्रो क्षेत्रमा सरदरभन्दा बढी तापक्रम देखाउँछ ।’
न्युनतम तापक्रम देशभर तापक्रम समेत सरदरभन्दा बढी रहने प्रक्षेपण गरेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका उत्तरी भूभाग, मधेस प्रदेशका पूर्वीभूभाग र कोशी प्रदेशका दक्षिणी भूभागमा न्युनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशतसम्म रहेको विभागको प्रक्षेपण छ । दक्षिण एसियाली जलवायु पूर्वानुमान मञ्च ९सास्कोफ०लाई उद्धृत गर्दै मौसमविद् हुमागाईंले पछिल्ला वर्षहरूमा दक्षिण एशियामा चरम जलवायु घटनाहरू तिब्र बन्दै गएको उल्लेख गर्दै असामान्य वर्षा, लामो सुख्खा अवधि, भीषण गर्मी र बाढी–पहिरोको जोखिम बढेको बताए । । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख भएपनि पश्चिमि न्युनचापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव कारण केही दिनअघि वा पछि हुने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया