काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमण स्थगित भएको छ ।
आगामी वैशाख २८ गतेदेखि दुई दिन विदेश सचिव मिस्रीले नेपाल भ्रमण गर्ने जनाइएको थियो ।
नयाँदिल्लीले बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बनेसँगै विदेश सचिव मिस्रीलाई काठमाडौं पठाउने निर्णय गरेको थियो । नयाँ सरकारका प्राथमिकता र द्विपक्षीय सम्बन्धलाई नयाँ आयाम दिने तरिकाले मिस्रीको भ्रमण हुने बताइएको थियो ।
नयाँ दिल्लीले भ्रमण स्थगित हुनुको वास्तविक कारण दिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया