काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका ६ जना (वरिष्ठ उपरीक्षक (एसएसपी) लाई नायव महानिरीक्षक (डीआईजी) र ७ जना उपरीक्षक (एसपी) लाई एसएसपीमा बढुवा गरेको छ ।
गृह मन्त्रालय बढुवा समिति सचिवालयले गत वैशाख ११ गते गरेको सिफारिसअनुसार गृहमन्त्रीले उनीहरूलाई बढुवा गरेका हुन् । अहिले गृहमन्त्रीको जिम्मेवारी पनि प्रधानमन्त्री बालेन्द्र शाहले बहन गरिरहेका छन् ।
बढुवा समिति सचिवालयले एसएसपीहरू दिगविजय सुवेदी, किरण बस्नेत, माधवप्रसाद पौडेल, प्रवीण कँडेल, राजेश उप्रेती र नेत्रबहादुर कार्कीलाई डीआईजीमा बढुवा सिफारिस गरेको थियो । यसैगरी समितिले एसपीहरू दीपककुमार थापा, सुधीर सुबेदी, महेश केसी, प्रकाशकुमार सुबेदी, चित्रांगत दाहाल, सुभाष भण्डारी र प्रदीपसिंह कार्कीलाई एसएसपीमा बढुवा सिफारिस गरेको थियो ।
गृह मन्त्रालयले बढुवा गरेको पत्र सशस्त्र प्रहरी मुख्यालयमा पुगिसकेको छ । उनीहरूलाई आगामी सोमबार सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले दर्ज्यानी चिन्ह लगाइदिने भएका छन् । सिफारिसका बेला राजु अर्याल सशस्त्रको आईजीपी थिए । उनको अवकाशसँगै नवनियुक्त आईजीपी पौडेलले फुली लगाइदिने भएका हुन् ।
यसका लागि बढुवा भएका सबै जनालाई सोमबार बिहान ८ बजे सशस्त्र मुख्यालयमा आइसक्न भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया