वर्षा राउतका कारण तनावमा वर्षा शिवाकोटी, फेसबुकमा लेखिन् यस्तो स्टाटस

काठमाडौं । नेपाल-भारत सीमा विवादबारे बोल्ने क्रममा गत आइतवार नायिका वर्षा राउतको एक अभिव्यक्ति भाइरल बन्यो। लिपुलेकको सीमा विवादबारे उत्पन्न उतारचढावबारे नायिका वर्षा राउतले दिएको अभिव्यक्तिको एउटा भिडियो क्लिप विवादित बनेपछि त्यसले सामाजिक सञ्जालमा ठूलै तहल्का मच्चिएको थियो ।

उक्त भिडियो क्लीपमा वर्षाले, ‘देशको माया लाग्छ भन्दैमा यो हाम्रै हो, तिमीहरुले किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा होइन । यो त ‘टेबल टक’ गरेर नेपाल सरकार र भारत सरकार मिलेर गर्ने कुरा हो, तर यहाँ दुबैतिरका पत्रकारहरु मिलेर झगडा बढाइरहेका छन् ।’भनेकी थिईन् । 

उनको भिडियोमा रहेको यो सम्मको क्लिपमा त्यति विवादमा आउने कुरा छैन । तर उनले त्यसपछि भनिन्, ‘मेरो भारतीय साथीहरुसँग मैले कसरी फेस गर्ने  ? र मेरा भारतीय साथीहरुले मसँग कसरी फेस गर्ने भइरहेको छ।’

यो अभिव्यक्ति सुनेपश्चात् उनीमाथि नेपाली समर्थकहरु रिसले चुर भएका थिए । जसका कारण सामाजिक सञ्जालमा उनलाई गालीगलौज गर्नेहरुको सीमा रहेन । ट्रोल बनाउने, मेमेमा फोटोहरु जोड्ने, व्यङ्ग्यवाण प्रहार गर्नेदेखि फोटोसपसम्म उत्रिएका उनका नेपाली समर्थकले उनलाई गर्नुसम्म गालिगलौज गरे ।

उनको तर्कहीन अभिव्यक्तिको कारण सम्पूर्ण नेपाली उनीविरुद्ध खनिएका थिए । जसकारण राउत आफ्नो फेसबुक अकाउन्टमा लामो स्टाटस लेखेरै माफी माग्न बाध्य भएकी थिइन् ।

अफसोस, वर्षाले माफी मागे पनि उनका कारण एउटै नाम भएकी अर्की नेपाली नायिका वर्षा सिवाकोटी भने तनावमा परेकी छिन् ।

दुबैको एउटै नाम भएको कारणले गर्दा उक्त केहि मानिसहरुले उनलाई सामाजिक सञ्जालमा मात्र नभई पर्सनल म्यासेजमा पनि विभिन्न गालीगलौज गर्न थालेका छन् ।

जसकारण उनले सोसल मिडिया प्लेट फेसबुकमा स्टाटस लेख्न बाध्य भएकी छन् । उनले आफ्नो एक फोटो पोस्ट गर्दै लेखेकि छन्, नमस्ते म “ वर्षा शिवाकोटी “ ??
धन्यवाद ( मेसेज पठाउनु र कमेन्ट गर्नु अघि नाम थर हेर्ने कष्ट गरिदिनु होला) ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?