कविता : अमर प्रेम

लोकपथ
1.7k
Shares

कोइराला भेषराज

मानिसको जीवन पनि विचित्रको रैछ
आशक्तिको कारणले नै दुःख पाउने रैछ
यौवन र शक्ति केवल क्षणिक चिज रैछ
यत्ति कुरा नबुझेरै चोला बित्ने रैछ ।

जिन्दगी नि खोली जस्तै बगिबगि जान्छ
घमन्ड र अहङ्कारले आफैँलाई खान्छ ।
को आफन्त को पराय भ्रममै जिवन वित्छ
सधै भरी बाँचिरहने को अजम्मरी बन्छ ?

स्वार्थ पूर्ति गर्नैलाई मान्छे नाता जोड्छ
स्वार्थ पूर्ति भए पछि सम्बन्ध नै तोड्छ
माया पीरती कै लागि आकाश धर्ती जोड्छ
मान्छे कुरा बुझे पनि यसकै पछि लाग्छ ।

प्रेमका लागि जुन, तारा अहिलै झार्छु भन्छ
प्रेम कै लागि मर्न–मार्न तयार आफै बन्छ
त्यागमा पनि प्रेम छ भनी जब उसले बुझ्छ
तव मात्र उसको माया अमर प्रेम बन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?