चिनियाँ मिडियाले सच्यायो गल्ती, लेख्यो ‘सगरमाथा नेपाल-चीन सीमामा’

काठमाडौं । चीनका सञ्चारमाध्यमहरुले यस अगाडि सगरमाथा चीनमा पर्ने दाबी गरेकामा अहिले सच्याएको छ ।

चिनियाँ सञ्‍चारमाध्यम सीजीटीएनले यसअघिको गल्ती सच्याउँदै भन्‍यो,सगरमाथा चीनमा पर्ने बताएको हो ।

केहि समय अगाडि मात्र चाइना ग्लोबल टेलिभिजन नेटवर्कले एक ट्वीट गर्दै विश्वको सर्वाेच्च शिखर सगरमाथा, नेपाल र चीनबीचको सीमामा पर्ने बताएको छ ।

चाइना ग्लोबल टेलिभिजनले आफ्नो गल्ती सच्याउँदै लेखेको छ, नेपालमा सगरमाथा भनेर चिनिने विश्वकै सर्वाेच्च शिखर चोमोलोङ्‌मा हिमालको आकाशमा १ मेको शुक्रवार एक असाधारण सूर्यको प्रकाशको घेरा देखिएको छ ।

यसअघि २ मेमा, चीनको स्वायत्त क्षेत्र तिव्ब्तमा रहेको विश्‍वकै सर्वोच्च शिखर सगरमाथाका रुपमा चिनिएको चोमोलोङ्‌मा हिमालको आकाशमा शुक्रवार एक असाधारण सूर्यको प्रकाशको घेरा देखिएको सीजीटीएनले बताएको थियो ।

विश्वको सर्वोच्च शिखर सगरमाथा चीनमा पर्ने चिनियाँ मिडियाहरुको दाबी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?