ऋषि कपुरको अन्त्येष्टिमा आलियाले मोबाइल प्रयोग गर्नुको कारण यस्तो, थप मर्माहत बन्यो माहौल

काठमाडौं – चर्चित अभिनेता ऋषि कपूरको निधनपछि उनको अन्त्येष्टिका क्रममा नायिका आलिया भाटले छेउमा बसेर मोबाईल फोनको प्रयोग गर्नुको कारण खुलेको छ । प्राप्त जानकारी अनुसार आफूमाथि गालिगलौज गर्दै ट्रोल बनाउनेहरुसँग आलियाले चित्त दुखाएकी छिन् ।

उनले आफू थप मर्माहत बनेको बताएकी छिन् । यो घटनाले कुरा नबुझि अरुको आलोचना गर्न हतार गर्नुहुँदैन भनेर समेत थप प्रष्ट्याएको छ ।

क्यान्सरसँग लडिरहेका चर्चित अभिनेता कपूरको ६७ वर्षीको उमेरमा बिहीवार विहान मुम्बईको एचएन रिलायन्स फाउण्डेशन अस्पतालमा निधन भएको थियो ।

लामो समय देखि क्यान्सरबाट पीडित उनको निधनपछि शब अन्त्येष्टिको लागि लगिएको बेला भारतिय कलाकारहरु पनि पुगेका थिए ।

यसैक्रममा नायिका आलिया भाटले रुँदै मोबाईलमा केहि खिचेजस्तो गरेको तस्वीर सार्वजनिक भएको थियो । यसमा धेरै नै ट्रोल बने । उनीमाथि निकै नराम्रा शब्दको प्रहार भयो । तर पछिल्लोपटक उनले त्यसो गर्नुको कारण खुलेको छ ।

ऋषि पत्नी नितु कपुरको छेउमै उभिएर रुँदै मोबाईलमा केहि देखाएजस्तो गरेकी आलियाले मोबाइल फोनबाट आफ्ना पिताको अन्तिम संस्कारमा दिल्लीमा रहेका कारण आउन नपाएकी छोरी रिद्दिमालाई भिडियो कलमा देखाइरहेकी थिईन् । प्राप्त जानकारी अनुसार ऋषिकी छोरी मुम्बई आउन पाएकी थिईनन् । आलियाले भिडियो च्याट मार्फत रिद्दिमालाई ऋषिको अन्तिम संकार देखाएकी थिइन् । र भिडियोमा ऋषिकी छोरीसँगै आलिया पीडा र आँशु साटिरहेकी थिईन् ।

तर यो तस्वीर बाहिरिएसँगै अन्तिम संस्कारको दुखद क्षणमा पनि मोबाइलबाट भिडियो र फोटो खिचेको भन्दै सामाजिक संजाल प्रयोगकर्ताले आलियामाथि निकै तुच्छ गाली गर्दै उनको धज्जी उडाए । अहिले पनि निरन्तर ट्रोल बनिरहेका छन् ।


यो मर्माहत अवस्थाबारे थाहा पाएपछि केहि टिप्पणीकार तथा ट्रोल बनाउनेहरुले आफूहरुबाट हतारमा टिप्पणी गर्दा गल्ती भएको भन्दै माफि मागेर पोष्ट गरिरहेका छन् ।

रिद्दिमा भिडियोकै माध्यमबाट भएपनि आफ्ना बाबुलाई अन्तिम श्रद्धाञ्जली दिन चाहन्थिन् । यहि बुझेर आलिया भाटले ऋषिकी छोरी रिद्दिमासँग भिडियो कनेक्ट गर्दै अन्तिम संस्कार देखाएकी थिईन् । ऋषिका छोरा रणबीर कपूर र उनकी पत्नी आर्यघाटमा थिए ।

क्यान्सरसँगै चेस्ट इन्फेक्सन, श्वासप्रश्वास सम्बन्धी समस्याले गाँजेका ऋषिले अमेरिकामा एक वर्षसम्म क्यान्सर ट्रिटमेन्ट गराएका थिए । गएको बिहीवार उनको स्वास्थ्य गम्भीर रहेको भन्दै उनलाई अस्पताल भर्ना गरिएको थियो । उनलाई सन् २०१८ मा क्यान्सर भएको थियो ।

जसको उपचारका लागि उनी अमेरिका गएका थिए । उनका छोरा रणवीर कपूर बुवालाई भेट्न धेरै पटक अमेरिका पुगेका थिए । केहि दिन अगाडि मात्र भारतीय सञ्चारमाध्यमसँगको कुराकानीका क्रममा उनले आफू एकदमै स्वस्थ रहेको बताएका थिए ।

विदाईमा आलिया भट्ट, करीना कपूर खान र सैफ अली खान, अभिषेक बच्चन, भाईबहिनी रणधीर कपूर र रीमा जैन पनि उपस्थित थिए।

अन्तिम संस्कारको दौडान नीतूको साथमा उभिएका रणबीरकी प्रेमिका आलिया भट्ट समस्त समारोहको दौडान फोन बोकेकी थिइन् । भारतिय सञ्चारमाध्यमको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?