भारतमा ७ हजार नाघे कोरोना संक्रमित, २ सय ३९ को मृत्यु (अपडेटसहित )

काठमाडौं – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड – १९’ को कारण यो समाचार तयार पार्दासम्म विश्वभर १ लाख २ हजार ७३४ जनाले ज्यान गुमाएका छन् ।

१६ लाख ९९ हजार ६३१ जनामा अहिलेसम्म कोरोना भाइरसको संक्रमण रहेको छ । त्यस्तै ३ लाख ७६ हजार ३२७ जना उपचार पछि निको भएका छन् ।

यसैबीच भारतका कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २ सय ३९ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाले ४० जनाको ज्यान गएको छ ।

भारतमा ७ हजार ४७७ जनामा कोरोनाको संक्रमण देखिएको छ । सबैभन्दा धेरै कोरोना संक्रमण महाराष्ट्रमा एक हजार ३६४ मा देखिएको छ ।

अमेरिकामा ५ लाख २ हजार ८७६ जनामा संक्रमण,१८ हजार ७४७ जनाको ज्यान गयो 

२१० देशमा फैलिएको कोरोना भाइरसका कारण अमेरिकामा यो समाचार तयार पार्दा सम्म कोरोना भाइरसको महामारीका कारण १८ हजार ७४७ जनाले ज्यान गएका छन् । साथै ५ लाख २ हजार ८७६ जनामा संक्रमण रहेको छ । साथै अमेरिकामा मात्रै १० हजार ९१७ जनाको अवस्था गम्भीर रहेको छ । अमेरिकाको न्युयोर्कमा १ लाख ७२ हजार ३५८ जनालाई संक्रमण भएको छ भने ७ हजार ८४४ जनाले ज्यान गुमाएका छन् ।

न्युजर्सीमा कोरोना भाइरसको महामारीका कारणअहिलेसम्म १ हजार ९३२ जनाले ज्यान गुमाएका छन् ।

मिशिगनमा कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या १ हजार २८१ रहेको छ भने संक्रमितको संख्या २२ हजार ७८३ रहेको छ ।

त्यस्तै क्यालिफोर्नियामा भाइरसका कारण २१ हजार ७३ जनामा संक्रमण फैलिएको छ भने, ५८४ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा शुक्रवार मात्रै ३३ हजार ७५२ जना नयाँ संक्रमित पाईएको छ भने शुक्रवार मात्रै अमेरिकामा २ हजार ३५ जनाले ज्यान गुमाएका छन् ।

स्पेनमा कोरोनाको कहर : १६ हजार बढीको मृत्यु, संक्रमित झनै बढे

कोरोनाले ग्रस्त भएको स्पेनमा यो समाचार तयार पार्दासम्म १६ हजार ८१ जनाले ज्यान गुमाएका छन् भने १ लाख ५८ हजार २७३ जनालाई कोरोनाको संक्रमण भएको छ ।

त्यस्तै ५५ हजार ६६८ जना उपचार पछि निको भएका छन् । त्यस्तै कोरोना भाइरसका कारण स्पेनमा ७ हजार ३७१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

शुक्रवार मात्रै स्पेनमा कोरोनाका ५ हजार ५१ जना नयाँ संक्रमित भेटिएको छ । साथै शुक्रवार एक दिनमा स्पेनमा ज्यान गुमाउनेको संख्या ६३४ रहेको छ ।

के निर्जिव वस्तु छुँदा कोरोना सर्छ ! के भन्छन् चिकित्सक ?

कोरोना भाइरसको प्रकोप तीव्र गतिमा बढी नै रहेको छ । मानिसहरुले कोरोना भाइरसलाई लिएर बिभिन्न सवालहरु खडा गरेका छन् ।

सबै जना मानिसहरु कोरोना भाइरस कपडामा कति समय सक्रिय रहन्छ ? निर्जीव वस्तु छुँदा कोरोना भाइरस फैलिन्छ कि, फैलिदैन भन्ने प्रश्नहरु गर्न थालेका छन् ।

वास्तविकता र सत्य के हो त ? आउनुहोस् यस बारेमा जानीराखौँ ।

कोरोना भाइरस कपडामा कति समयसम्म सक्रिय रहन्छ ? के निर्जीव वस्तु छुँदा कोरोना फैलिन्छ ?

मेडिकल कन्ट्रीब्युटर डा.निकोल स्याफियरले एक अध्ययनका अनुसार कुनै पनि कार्डबोर्डमा यो भाइरस २४ घण्टासम्म सक्रिय रहने बताएका छन् ।

त्यस्तै कपडा जस्तो नरम सतहमा कोरोना भाइरस अत्याधिक लामो समयसम्म सक्रिय रहन्छ ।

उनले भने, ‘हामीसँग वास्तवमा निर्जीव वस्तुहरु छोएर संक्रमित भएको कुनै डेटा छैन, तर हामी सबैलाई आफ्नो स्वास्थ्य सुरक्षामा लागि पर्न तत्पर लाग्नुपर्नेमा अनुरोध गर्दछौँ ।’

कोरोना भाइरस कागजहरुमा २४ घण्टासम्म अर्थात १ दिनसम्म जीवित रहन्छ भने प्लाष्टिकमा ३ तथा स्टीलमा २ दिनसम्म सक्रिय रहन्छ । साथै तामामा भने जम्मा ४ घण्टासम्म भाइरस जीवित रहन्छ ।

कोरोना भाइरसको प्रकोप अत्याधिक फैलिरहेको छ । डा.निकोल भन्छन्, यस बेलामा जब म घर फर्किन्छु, तब आफूले लगाएको कपडा चेन्ज गरेर धुन्छु, आफू नुहाउँछु र मात्र घरभित्र पस्छु । त्यसैले तपाई पनि कतै बाहिर जानु भएको छ भने कोरोना भाइरसको प्रकोपबाट बच्न यो तरिका अपनाउनु होला

मलाई थाहा छ कि, यस्तो काम धेरै पटक गर्न सहज त पक्कै छैन, तर आफूलाई जीवित राख्न पनि यो काम गर्नै पर्दछ ।

सावधानी अपनाउँदै यसरी सबै आ-आफ्नो क्षेत्रबाट लागि पर्ने हो भने कोरोनालाई हराउन सकिन्छ ।

यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् : 

नेपालमा रहेका कोरोना सङ्क्रमितको अवस्था कस्तो छ ? 

चीनमा फेरी फर्किएकै हो त नयाँ कोरोना ? के हो ‘एसिम्टोम्याटिक’ केस ?

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?  

कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी ! 

वैज्ञानिक एन्थनी फाउचीको चेतावनी : अब संसार कोरोनाबाट पूरै मुक्त हुन सक्दैन ! 

संसारसँग नडराएको तालिवान कोरोनासँग डरायो, थाल्यो लडाईको तयारी !

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ? 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

सुपर कम्प्युटरको खुलासा के साँच्चै अमेरिकाबाट फैलिएको थियो कोरोना ? 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?