काठमाडौं – महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरस ‘कोभिड – १९’ का कारण मृत्यु हुनेको संख्या १ लाख भन्दा धेरै पुगेको छ । अहिलेसम्म विश्वमा कोरोना भाइरसको महामारीबाट १ लाख १ सय ५७ जनाको मृत्यु भएको छ । त्यस्तै १६ लाख ३९ हजार ७७२ जनालाई संक्रमण भएको छ भने ३ लाख ६९ हजार २१ जना स्वास्थ्य उपचारपछि निको भएका छन् ।
विश्वभर ४९ हजार ३०२ जनाको स्वास्थ्यअवस्था गम्भिर रहेको छ । अहिलेसम्म विश्वका २ सय १० देशमा फैलिसकेको कोरोना भाइरस ‘कोभिड- १९’ का कारण आजमात्रै यो समाचार तयार पार्दासम्म अमेरिकामा १ हजार २ सय १९ जनाले ज्यान गुमाएका छन् भने आजै ९ हजार ३ सय ८७ जना नयाँ संक्रमित भेटिएका छन् । अमेरिकामा जम्मा मृतकको संख्या १७ हजार ९ सय १० पुगेको छ भने ४ लाख ७७ हजार ९५३ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै स्पेनमा अहिलेसम्म १५ हजार ९ सय ७० जनाको ज्यान गएको छ भने आज मात्रै ५ सय २३ जनाले ज्यान गुमाएका छन् त्यस्तै ३ हजार ८ सय ३१ जना नयाँ संक्रमित थपिएसँगै स्पेनमा १ लाख ५७ हजार ५३ जनालाई कोरोनाको संक्रमण भएको छ ।
त्यस्तै ईटलीमा एक लाख ४७ हजार ५ सय ७७ जनालाई कोरोनाको संक्रमण भएको छ भने ३ हजार ९ सय ५१ जना नयाँ संक्रमित आजै थपिएका छन् । त्यस्तै ईटलीमा आजै ५ सय ७० जनाको मृत्यु भएसँगै जम्मा मृतकको संख्या अठार हजार ८ सय ४९ पुगेको छ ।
त्यस्तै यूकेमा अहिलेसम्म ८ हजार ९ सय ३१ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या ६५ हजार ७७ रहेको छ । आजमात्रै यूकेमा ९ सय ५३ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै बेल्जियममा २६ हजार ६ सय ६७ जनालाई कोरोनाको संक्रमण भएको छ । अहिलेसम्म त्यहाँ ३ हजार १९ जनाले जयान गुमाएका छन् ।आजमात्रै बेल्जियममा थप एक हजार ६ ८४ नयाँ संक्रमित थपिँदा ४ सय ९६ जनाले आजै ज्यान गुमाएका छन् ।
त्यस्तै ईरानमा आजमात्रै कोरोनाका थप १९ सय ७२ नयाँ संक्रमित पाईएको छ भने ४ हजार २ सय ३२ जनाले ज्यान गुमाएका छन् । आजमात्रै ईरानमा थप एक सय २२ जनाको ज्यान गएको छ भने ६८ हजार १९२ जना संक्रमित पुगेका छन् ।
त्यस्तै नेदरल्याण्ड्स मा आजै १ सय १५ जनाले ज्यान गुमाएका छन् । यो सँगै नेदरल्याण्ड्समा जम्मा मृतक संख्या २ हजार ५११ पुगेको छ । त्यहाँ १ हजार ३ सय ३५ नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या २३ हजार ९७ पुगेको छ ।
यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :
वैज्ञानिक एन्थनी फाउचीको चेतावनी : अब संसार कोरोनाबाट पूरै मुक्त हुन सक्दैन !
सुपर कम्प्युटरको खुलासा के साँच्चै अमेरिकाबाट फैलिएको थियो कोरोना ?
संसारसँग नडराएको तालिवान कोरोनासँग डरायो, थाल्यो लडाईको तयारी !
कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी !
कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ?
फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्
कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !
चीनमा फेरी फर्किएकै हो त नयाँ कोरोना ? के हो ‘एसिम्टोम्याटिक’ केस ?
कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी
कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस
कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !
वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया