कोरोनाको विषयलाई लिएर खुल्यो उत्तर कोरियाको पोल,चुपचाप गर्दैछ यस्तो काम

काठमाडौं । जब सारा विश्व कोरोना भाइरसको त्रासमा बाँचिरहेको बेला उत्तर कोरिया भने कोरोना छैन भन्दै चुपचाप बसिरहेको छ ।

अझ सारा विश्व कोरोनाले त्रसित बनेका बेला उत्तर कोरियाका शासक किम जोंग उन भने मिसाइल परिक्षण गरिरहेको खबर आईरहेको छ ।

उत्तर कोरियामा अहिलेसम्म कोरोना भाइरसका कुनै पनि केस नआएको उत्तर कोरियाको आधिकारिक तथ्यांक रहेको छ । तर उत्तर कोरियाको उक्त दाबी माथि विश्वका अधिकांश देशहरुले तमाम सवालहरु उठाउँदै आएका छन् ।

एक नयाँ रिपोर्टका अनुसार, उत्तर कोरिया सार्वजनिक रुपमा देशमा कुनै पनि कोरोनाका संक्रमित व्यक्ति नभएको बताईरहेको छ । तर भाइरससँग लड्नको लागि गोप्यरुपमा अन्य दोश्रो देशहरुसँग सहायता मागिरहेको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा बताइएको छ ।

‘द फाइनेन्सियल टाइम्स’ को एक रिपोर्टमा, उत्तर कोरियाका अधिकारीहरु गोप्यरुपमा अर्काे देशहरुसँगका समकक्षीहरुसँग कोरोना भाइरस रोक्नका लागि सहायता मागिरहेको छ ।

न्युज एजेन्सी राइटर्सले पनि एक रिपोर्टमा भनेका छन् कि,उत्तर कोरियाले दक्षिण कोरिया र अन्य अन्तर्राष्ट्रिय संगठनहरुसँग मास्क तथा टेस्ट मेसिनको माग गरेको छ ।

सारा विश्वमा कोरोना भाइरसका कारण अहिलेसम्म ५५ हजार १ सय ८५ जनाको मृत्यु भएको छ भने, संक्रमितको संख्या १० लाख ४० हजार ५ सय २८ रहेको छ । तर उत्तर कोरिया भने आफ्नो देशमा कोहि पनि कोरोना संक्रमित नभएको दाबी गरिरहेको छ ।

उत्तर कोरियाले जनावरी महिनाको अन्तिममा चीनसँगको आफ्नो सीमा बन्द गरेको थियो । उत्तर कोरियाले चीनबाट जनावरी महिनामा गएका ५९० नागरिकहरुको टेस्ट गरेको थियो तर सबै रिजल्ट नेगेटिभ आएको जानकारी सञ्चारमाध्इमहरुलाई दिएको थियो ।

दक्षिण कोरियाका अधिकांश मिडियाहरुका तमाम रिपोर्ट्समा भनिएको छ कि, उत्तर कोरियामा कोरोना भाइरसबाट केहिको मृत्यु भईसकेको छ तर उ. कोरियाले सारा विश्वलाई सत्यता लुकाईरहेको छ ।

उत्तर कोरियाकोे प्रमुख समाचार दिने सञ्चारमाध्यम ‘डेली एनके’का अनुसार जनावरीबाट फेब्रुअरीका बीचमा कोरोना भाइरसबाट उत्तर कोरियामा १८० सैनिकको मृत्यु भएको थियो भने ३ हजार ७ सय सैनिकहरुलाई क्वारेन्टाइन गरिएको थियो ।

दक्षिण कोरियाको पत्रिका चोसून इल्बोका अनुसार, चीनबाट नजिकको प्रान्त सिनुइजूमा थोरैमा पनि दुई संक्रमित व्यक्ति रहेको पाईएको थियो ।

‘डेली एनके’को रिपोर्टका अनुसार सिनुईजुमा कोरोना भाइरसबाट थोरैमा पनि ५ जनाको मृत्यु भएको दाबी गरेको छ ।

उत्तर कोरियाको हेल्थ केयर सिस्टम कमजोर रहेको छ र मेडिकल उपकरणको आपूर्ति पनि पर्याप्त छैन । त्यसैले सारा विश्वले नै उत्तर कोरियामा कोरोना भाइरसको महामारी अत्याधिक भएको तर कोरियाले पनि संक्रमितको आँकडा लुकाएको आरोप लगाएका छन् ।

फाइनेन्सियल टाइम्सको रिपोर्टका अनुसार, उत्तर कोरिया सरकारसँग कोरोना भाइरस टेस्टिङ किट छ तर किटको संख्या पर्याप्त भने नरहेको सञ्चारमाध्यमहरुमा बताइएको छ ।

त्यसैले सरकारी अधिकारीहरुले अन्य देशहरुसँग सहायताको माग गरिरहेका छन् । चीनसँग सीमा बन्द भएसँगै गैर तरिकाबाट पनि उत्तर कोरियालाई सहयोग गर्न अन्य देशहरु असफल भएको खबर सञ्चारमाध्यमहरुले बताएका छन् ।

१८ मार्चमा किम जोंग उनले सारा विश्वलाई अचम्मित पार्दै आफ्नो देशमा आधुनिक मेडिकल सुविधा नभएको स्वीकार गरेका थिए । र उनले सुधधार गर्नु पर्ने आवश्यक रहेको पनि बताएका थिए ।

सरकार नियन्त्रित कोरिया सेन्ट्रल न्युजका अनुसार, किमको आदेशमा गएको हप्ता प्योंगयांग जनरल अस्पताल बनाउन शुरु गरिएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?