कोरोनाको आँकडा लुकाएको विश्वव्यापी आरोपपछि बोल्यो चीन, सत्य के हो?

काठमाडौं ।अंग्रेजी वर्षको डिसेम्बर महिनाको अन्तिम साता चीनको वुहान शहरबाट फैलिएको भनिएको कोरोना भाइरसका कारण विश्व भयभित छ । भाइरसको उद्गमस्थल वुहान र सिंगो देश क्रमिक रुपमा तङ्ग्रीँदै छ । तर एकातिर चीनले लिएको लकडाउनको नीति र कडाईका कारण ठूलो क्षति हुनबाट जोगिएको भन्दै धेरैले प्रशंसा गरेका छन् भने अर्कोतिर संसारलाई नै आश्चर्यमा पार्ने संक्रमित र मृतकको तथ्यांक भने झुटो अर्थात् ‘फेक’ भएको भन्नेहरु पनि छन् ।

चीनमा कोरोना भाइरस ‘कोभिड १९’ सँग जोडिएका ईस्यु र मृतकको जानकारीको यकिन डाटा छिपाएको विषयलाई लिएर लगातार एक पछि अर्काे आरोप लाग्दै आएको चीनसँग अमेरिकी राष्टपतिले बेलाबेलामा आगो ओकल्छन् ।

कतिपय चिनियाँ साईटले विभिन्न रिपोर्टहरु सार्वजनिक गर्दै चीनले फेक तथ्यांकको सहारा लिएर विश्वमा आफूलाई शक्तिशाली देखाउने ढोंग रचेको सम्म भनेका छन् । केहि समय अगाडी चीनको विच्याटमा विभिन्न भिडियो क्लिप्सहरु बाहिरीएको थियो । त्यसले पनि मानिसहरुको आशंकामा निकै बल पुग्यो ।

सोसल मिडियामा चीनमा कोरोना भाइरसबाट २ करोड भन्दा धेरै जनाको मृत्यु भएको दाबीसहितको पोष्ट र त्यसमा संशय पैदा गर्ने एउटा तथ्यका कारण पनि यो शंका अझै फराकिलो भएको थियो । त्यो हो, मोवाईल युजर्सको संख्यामा भारी गिरावट आउनु । त्यतिबेलै केहि चिनियाँ नागरिकले भिडियो र दस्तावेजको माध्यमबाट कोरोनाले चीनमा मृतकको सरकारी आँकडामा सवाल खडा गरेका छन् । उनीहरुले चीनमा तीन महिनामा २.१ करोड मोवाइल फोन प्रयोगकर्ताहरु कम भएको दाबी गरिएको छ । (यससँग सम्बन्धित पूरा जानकारीका लागि यो लिंक खोल्नुहोस् )के चीनले मृतकको आँकडा लुकाएकै हो त ?

हो कि होईन त ? भन्ने अन्यौलता र प्रश्नलाई चिर्न चीनले नयाँ जानकारी दिएको छ ।

चीनले भन्यो, चीनमा अहिलेसम्म १५४१ वटा त्यस्ता केस छन्, जसमा कुनै पनि कोरोनाको संक्रमणका लक्षण देखिएका छैनन् । चीनमा अहिलेसम्म बिना लक्षणका डाटा अर्थात् तथ्यांक सार्वजनिक नगरेको बताएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य मिशनको वेबसाइटका अनुसार चीनमा बिना कुनै लक्षणका १५४१ केश रहेका छन् । जसमा अर्काे देशबाट आएका मानिसहरुको संख्या २०५ रहेको छ । तर बयानमा भने चीनले ‘रिकभर’ भएका संक्रमितहरको काउन्ट गरेको छ वा छैन भन्ने कुरा खुलाइएको छैन ।

चीनमा अहिलेसम्म कोरोना भाइरस ८१ हजार ६ सय २० जनामा संक्रमण रहेको छ भने महामारीका कारण ३ हजार ३ सय २२ जनाको ज्यान गएको छ । आजमात्रै चीनमा थप ४ जनाको ज्यान गएको हो । त्यस्तै चीनमा आज ३१ जना नयाँ संक्रमित थपिएका छन् ।

चीनको आँकडा माथि यसकारण पनि सवालहरु उठ्दै आएका छन् कि,चीनले लक्षणविना नै संक्रमण भएका मानिसहरुलाई कोरोना भाइरस संक्रमित व्यक्तिको रुपमा गणना गर्दैन ।

यदि कसैको ‘टेस्ट पोजेटिभ’ आएको छ तर उसमा कुनै लक्षण देखिएन तर संक्रमण छ भने चीनले कोरोना संक्रमित व्यक्तिको सूचीमा राख्दैन । तर द. कोरिया, जापान र सिंगापुर जस्ता देशहरुमा टेस्टमा पोजेटिभ पाइएपछि संक्रमितलाई आधिकारिक आँकडामा सामेल गराउँदछ ।

यो आँकडा चीनको प्रिमियर ली केकियांगका स्थानीय अधिकारीलाई बिना लक्षणका मामिलाहरु टर्याक गर्ने र स्क्रिनिङ बढाउने निर्देशन दिएको एकदिन पछि जारी गरिएको थियो ।

चीनका अनुसार चीन बिना लक्षण वाला कोरोना भाइरसका मामिलालाई टर्याक गर्दछ । जब उनीहरुमा लक्षण देखाउन शुरु गर्दछ, तबमात्रै चीनले उनीहरुलाई कोरोना भाइरस संक्रमितको रुपमा राख्ने गर्दछ ।

शोधकर्ताहरुका अनुसार यस्तो प्रकारका संक्रमितहरुले कोरोना भाइरसको संक्रमण फैलाउने पाइएको बताएको छ । त्यसैले चीनले गैर लक्षणवाला केसहरु काउन्ट नगरेको भएर संसारभरमा चीनले कोरोना संक्रमित र मृतकको आँकडा लुकाएको आरोप लाग्दै आएको छ ।

उक्त तथ्य बाहिर आएपछि भने अधिकांश वैज्ञानिकहरुले वुहानमा कोरोना नष्ट भएको नहुन सक्ने बताईरहेका छन् । केहि बिश्लेषकहरुले त चीनमा कोरोनाको महामारी नसकिएको र झनै साइलेन्टरुपमा फैलिरहेको बताएका छन् ।

चीनले दुई हप्ता अगाडि कोरोनाका नयाँ केस चीनमा नभएको दाबी गरेको थियो तर आजसम्म पनि कोरोनाका संक्रमितहरु बढी नै रहेका छन् ।

चीनको एक म्यागेजिन क्याक्सिनले आफ्नो रिपोर्टमा चीनमा अझै पनि बिना लक्षणवाला केस आईरहेको बताएको थियो ।

मार्च महिनामा मात्र चाइना मर्निङ पोस्टमा छापिएको एक रिपोर्टका अनुसार, चीनमा कोरोना भाइरस पोजेटिभ पाइएको एक तिहाई मानिसहरुमा ढिला लक्षण देखापरेको र कसैलाई लक्षण नै नदेखाएको बताएको थियो ।

बिना लक्षणवाला संक्रमणका केसको बारेमा टेस्टिङ बाटै पत्ता लगाउन सकिन्छ । तर केहि देशहरमा भने टेस्ट लक्षण देखा परेपछि मात्र गर्ने गरिएको छ ।

त्यसैले देशमा कति संक्रमित छन् भन्ने कुरा सबैको परिक्षण नगरि यकिन गर्न मुश्किल हुने गर्दछ ।

कोरोनाको कारण यो समाचार तयार पार्दासम्म विश्वभर १० लाख ४० हजार ६३९ जनामा संक्रमण देखिएको छ भने ५५ हजार १ सय ८८ जनाको मृत्यु भएको छ । विश्वभर फैलिएको कोभिड १९ बाट संक्रमित भएर उपचारपछि २ लाख २२ हजार २ सय ४० जना निको भएका छन् त्यस्तै विश्वभर अहिलेसम्म सक्रिय केस ७ लाख ६३ हजार २ सय एघार जना रहेको छ । त्यस्तै गम्भिर संक्रमितको संख्या ३८ हजार ४ सय १५ रहेको छ ।

भाइरसका कारण सबैभन्दा धेरै प्रभावित बनेको छ, ईटली । यहाँ १३ हजार ९ सय १५ जनाको मृत्यु भएको छ । आज भने ईटलीमा भाइरसको संक्रमणबाट कसैको पनि मृत्यु भएको अभिलेख छैन । संक्रमित संख्या भने १ लाख १५ हजार २ सय ४२ पुगेको छ । त्यस्तै महामारीबाट अत्याधिक प्रताडित देशहरुको दोस्रो नम्बरमा रहेको स्पेनमा १ लाख १७ हजार ७ सय १० जनामा संक्रमण देखा परेको छ । १० हजार ९ सय ३५ जनाको मृत्यु भएको छ ।

आजमात्रै स्पेनमा पाँच सय ८७ जनाले ज्यान गुमाएका छन् । पाँच हजार ६ सय ४५ जना नयाँ संक्रमित फेला परेका छन् । त्यस्तै ६ हजार ४ सय १६ जना कोरोना संक्रमितको अवस्था गम्भिर बनेको छ । उता प्रभावित देशको तेस्रो नम्बरमा रहेको अमेरिकामा २ लाख ४५ हजार ४ सय ४२ जना संक्रमित रहेका छन् भने आजमात्रै ५ सय ६५ जना नयाँ संक्रमित फेला परेका छन् ।

६ हजार ९८ जनाले अहिलेसम्म ज्यान गुमाएका छन् भने पाँच हजार ४ सय २१ संक्रमितको अवस्था गम्भिर रहेको छ । आजमात्रै २८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै चौँथो प्रभावित देशको सूचीमा फ्रान्स रहेको छ । त्यहाँ अहिलेसम्म ५ हजार ३ सय ८७ जनाले ज्यान गुमाएका छन् भने ५९ हजार १०५ जानमा संक्रमण देखिएको छ । यता
चीनमा अहिलेसम्म ३ हजार ३ सय २२ जनाले ज्यान गुमाएका छन् भने ८१ हजार ६ सय २० जनामा कोरोना संक्रमण देखिएको छ । र आजमात्रै ३१ वटा नयाँ केस फेला परेका छन् भने थप ४ जनाले भाइरसका कारण आज ज्यान गुमाएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?