सिगापुर । सिंगापुरले सरकारी अधिकारीहरूका लागि ‘डेटिङ प्लेटफर्म’ सुरु गरेको छ । यो राज्यको घट्दो विवाह र कम प्रजनन दरसँग जुध्न ल्याइएको नवीनतम प्रयोग हो ।
मंगलबार सार्वजनिक गरिएको र पहिलो भेट (फस्र्टडेट) नाम दिइएको यो पहलले २१ देखि ३५ वर्ष उमेरका कर्मचारीलाई लक्षित गरेको छ । यसले केही डेटिङ एपसँग जोडिएको प्रोफाइल बारम्बार हेर्दा आउने भावनात्मक, मानसिक र शारीरिक थकान (स्वाइप फटिग) अन्त्य गर्ने र ‘सोचपूर्ण सम्बन्ध’ निर्माण गर्ने वाचा गरेको छ ।
सरकारी अधिकारीहरूले सेवाका लागि रुचि, बानी, धार्मिक प्राथमिकता र ‘सम्बन्ध रोक्ने’ लगायतका विवरण भर्न सक्छन् ।
प्लेटफर्मले पूर्ण गोपनीयताको वाचा गर्दै भनेको छ, ‘तपाईंको प्रोफाइल केवल तपाईंको लागि विचार मिल्ने व्यक्तिले मात्र देख्छ र तपाईंको सम्पर्क विवरण साझा गर्ने कि नगर्ने तपाईंले नै निर्णय गर्नुहुन्छ ।’
यसले प्रयोगकर्तालाई ‘तपाईंको भेट कस्तो भएर बित्यो भन्नुहोस् !’ भन्दै स्टार रेटिङ र वैकल्पिक प्रतिक्रियाका लागि संकेत प्रदान गर्छ र प्रतिक्रिया पनि माग्छ ।
लगभग ६० लाखभन्दा बढी जनसंख्या भएको सिंगापुरमा गत वर्ष उच्च कम प्रजनन दर देखिएको थियो ।
पछिल्ला वर्षहरुमा विवाह गर्ने सिंगापुरवासीको संख्या घट्दै गएको छ । आधिकारिक आँकडा अनुसार सन् २०२५ मा विवाह दर्ता लगातार तेस्रो वर्ष घटेको थियो ।
अगस्टमा प्रधानमन्त्री लरेन्स वङले ठूलो परिवारलाई प्रोत्साहन गर्ने बलियो प्याकेज घोषणा गरेका थिए । यसमा उदार आर्थिक प्रोत्साहन पनि समावेश छन् ।
सिंगापुर यस वर्ष आधिकारिक रूपमा ‘सुपर–एज्ड’ समाज पनि बनेको छ, जहाँ जनसंख्याको कम्तीमा २१ प्रतिशत ६५ वर्ष वा माथिको उमेर समूहमा पर्छ ।
जापानमा सरकारले सन् २०२४ मा कम जन्मदर बढाउन सुरु गरेको एआई–सञ्चालित ‘डेटिङ एप’बाट २६५ विवाह भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया