पशुपतिमा कहाँबाट आउँछन् बाबाहरु ? भिन्नभिन्न बाबाका छुट्टाछुट्टै ताल

काठमाडौं । आज हिन्दूहरुको महान चाड शिवरात्री । महाशिवरात्रिका अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा लाखौँ मानिसहरूको भिड लाग्छ।

हिन्दूहरूका प्रमुख देवता महादेवको जन्मदिनका रूपमा मनाइने यो पर्वमा नेपालका विभिन्न स्थान र भारतबाट साधुसन्तहरू आउँने गरेका छन् ।

यो पर्वमा विशेषत: नागा, नाथ, वैरागी, अघोरी र निरङ्कारी सम्प्रदायका साधुहरू आउने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यसपालि ५,००० भन्दा बढी साधुसन्तहरू आएको अनुमान छ । उनीहरूलाई पशुपतिक्षेत्रमै बसोबासको व्यवस्था मिलाइएको छ ।

गाँजाभाङ खाए प्रहरी खोरमा

हरेक वर्षजस्तै यस वर्ष पनि पशुपतिलाई गाँजा निषेधित क्षेत्र घोषित गरिएको छ । मेलामा मासु, मदिरा र गाँजा निषेध गरिएको छ । ‘पशुपति क्षेत्र कानुनद्वारा नै मांस, मदिरा तथा कुनै पनि प्रकारका नशालुपदार्थ निषेधित क्षेत्र भएकाले महाशिवरात्रि पर्व समेतमा गाँजा-भाङ, जाँड-रक्सी जस्ता नशालु पदार्थहरुको बिक्रीवितरण, ओसारपसार, भण्डारण एवं प्रयोग वा सेवन नगर्न सबैलाई अनुरोध गरिएको छ ।

सावधान प्लाष्टिकको प्रयोग नगर्नुहोला !

पूजा गर्न जाँदा प्लाष्टिक ब्याग नबोक्नु होला वा, प्लाष्टिक निर्मित सामाग्रीको प्रयोग नगर्नुहोला । किनकी पशुपति क्षेत्र विकास कोषले पशुपति परिसरलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरेको छ । साथै मेला क्षेत्रमा सेवा प्रदान गर्ने सबै संस्थाहरुलाई कोषले भोजन, पानी, चिया वितरण गर्दा प्लाष्टिकका कप प्रयोग नगर्न अनुरोध गरेको छ ।

यसअघि लोकपथमा प्रकाशित यो समाग्री छुटाउनुभएको भए यस लिंकमा क्लिक गरी पढ्नुहोस् ।

महाशिवरात्रीको भव्य तयारी, खुसुखुसु नागा बाबाहरुसँग गाँजाको डिल गर्छन् तन्नेरी (फोटोफिचर)

महाशिवरात्रीको लागि चिटिक्कै पशुपतिनाथ (१९ फोटोमा हेर्नुस्) 

गाँजाभाङ खाए प्रहरी खोरमा, महाशिवरात्रीको लागि सबै तयारी पूरा

यसपाली शिवरात्रीमा पशुपतिनाथमा देखिनेछ यो अनौठो दृश्य, नेपालीले सिक्ने कि !

आरोग्य देव पशुपतिनाथ स्भक्तजनदेखि साधुसम्म, घुमन्तेदेखि टहलिनेसम्मको साझा थलो १७ फोटोमा

आरोग्यदेव पशुपतिनाथका काठ जिर्ण बन्दै, चौकोस कुहिए

यस्तै छन् हाम्रा आरोग्यदेव: पशुपतिनाथ

धपक्क बलेको पशुपतिको मुहारमा कान्ति छर्दै आरती (फोटो-भिडियो)

पशुपतिनाथको ५६ वर्षयताको सम्पत्ति सार्वजनिक, मूल ढुकुटीको विवरण गोप्य

धर्मनिरपेक्षता, भ्रम र यथार्थ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?