महाशिवरात्रीको लागि चिटिक्कै पशुपतिनाथ (१९ फोटोमा हेर्नुस्)

काठमाडौं । पशुपति परिसरमा केही दिन यता मानिसको चहलपहल बढेको छ । सधैं व्यस्त रहने यो क्षेत्रमा आजभोलि झनै व्यस्तता थपिएको छ । परिसरभित्र पस्नासाथ साधु, सन्त, बाबा जीहरु लामबद्ध भइ बसिरहेका देखिन्छन् । मूल मन्दिरको परिसरमा पुग्न पार गर्नुपर्ने पहिलो द्वारलाई साजसज्जा गरिँदैछ । त्यसैको छेउमा बाँसको चोयाले साँढेको जस्तो आकृति पनि बनाइँदैछ । बाटैदेखि फलामका ठूल्ठूला ‘फ्रेम’ ठड्याइँदैछन् । मन्दिरका केही भागहरुलाई रंगरोगन गरेर चिटिक्क बनाइएको छ ।

कारण हो, शिवरात्री ।

हो, शिवरात्रीका लागि पशुपतिलाई फूल, काठ, बाँस, फलाम आदिबाट बनेका सामाग्रीहरुले तयार पारिँदैछ ।

हिन्दूहरुको महान् पर्वमध्ये एक हो महा शिवरात्री । शिवजीको पूजा आराधना गरी व्रत बसेर मनाइने यस चाडमा देशका विभिन्न स्थानमा रहेका शिव मन्दिरहरुमा लाखौं दर्शनार्थीहरुको घुइँचो लाग्छ । यस दिन भगवान महादेवलाई जाडो हुने जनविश्वास रहेकोले भक्तजनहरुले आफ्नो घर, चोक, चौतारा, शिवालय, मठ मन्दिर तथा सार्वजनिक स्थानमा आगोको धुनी जगाइ भजनकीर्तन गर्ने परम्परा छ । शिवधुनी बालेपश्चात् जाडो कम हुँदै जाने मान्यता पनि रहिआएको छ ।

यस दिन देशको सबैभन्दा धेरै भीड हुने स्थान हो, पशुपतिनाथ मन्दिर ।

हिन्दू धर्मावलम्बीहरुको धार्मिक ‘हब’का रुपमा रहेको पशुपतिनाथ मन्दिरमा शिवरात्रीका दिन स्वदेशी मात्र होइन विदेशी दर्शनार्थीहरुको पनि घुइँचो लाग्ने गर्छ । विश्वभरि छरिएर रहेका हिन्दू साथसाथै यस दिनको महिमा र उत्सवलाई नियाल्न चाहने अन्य धर्मावलम्बीहरु यस दिन पशुपति परिसरमै भेटिन्छन् । त्यसैले शिवरात्रीलाई पर्वका रुपमा मात्र नभएर पशुपति क्षेत्रमा मेला जस्तै उल्लासमय वातावरणमा मनाइन्छ ।

शिवरात्री नजिकिँदै गर्दा यस वर्ष पनि थुप्रै दर्शनार्थी भित्र्याउने तयारीमा जुटेको छ पशुपति क्षेत्र विकास कोष । फेरि यो वर्ष पशुपतिमा केही नयाँ दृश्य पनि देखिनेछ ।
भारतबाट आएका ग्लेज ट्रेडिङ इन्डिया प्रालिका निर्देशक सञ्जीव छिब्बर र चेतन हन्डाका निर्देशक केके शर्माले मिलेर यसपालि पशुपतिनाथ मन्दिरलाई २ करोड बराबरको फूलले सजाउने भएका छन् ।

छिब्बर र शर्माले अस्ट्रेलिया, कोरिया, थाइल्याण्ड र भारतबाट करिब दुई करोड बराबरका अर्किड, जरबरा, कन्वारी, सयपत्री, गुलाब, गोदावरी, लिली, क्यामेसन, एसिया टिक, देल्ही, जेप्सी र अलिको निया लगायत विभिन्न जात र रङका फूल ल्याएर झिलीमिली बनाउन लागेका हुन् ।
सजावटका लागि करिब २ सय भारतीय कामदारहरु नेपाल आइसकेका छन् । काम धमाधम जारी छ ।

हेर्नुस् महा शिवरात्रीको तयारी यसरी हुँदैछ पशुपति क्षेत्रमा :

 

लोकपथका प्रकाशित यी समाचार पढ्नुभएको थियो ?

यसपाली शिवरात्रीमा पशुपतिनाथमा देखिनेछ यो अनौठो दृश्य, नेपालीले सिक्ने कि !

आरोग्य देव पशुपतिनाथ स्भक्तजनदेखि साधुसम्म, घुमन्तेदेखि टहलिनेसम्मको साझा थलो १७ फोटोमा

आरोग्यदेव पशुपतिनाथका काठ जिर्ण बन्दै, चौकोस कुहिए

यस्तै छन् हाम्रा आरोग्यदेव: पशुपतिनाथ

धपक्क बलेको पशुपतिको मुहारमा कान्ति छर्दै आरती (फोटो-भिडियो)

पशुपतिनाथको ५६ वर्षयताको सम्पत्ति सार्वजनिक, मूल ढुकुटीको विवरण गोप्य

धर्मनिरपेक्षता, भ्रम र यथार्थ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?