महाशिवरात्रीको भव्य तयारी, खुसुखुसु नागा बाबाहरुसँग गाँजाको डिल गर्छन् तन्नेरी (फोटोफिचर)

काठमाडौं । यतिबेला पशुपतिको माहोल शिवरात्रीमय बनेको छ । भक्तजनहरुको चहलपहल देखि साजसज्जा, रंगरोगन, साधुसन्त, जोगी, भिक्षुको आगमनले महाशिवरात्रीको तयारी पूरा हुन लागेको संकेत गर्छ ।

धेरैलाई थाहै छ, महाशिवरात्रीको समय पशुपतिका अर्को विशेष आकर्षण हुन् साधुसन्त र नागा बाबाहरु । शिवरात्रीका लागि उनीहरु भारतको इलाहबाद, हरिद्वार, उज्जैन, उत्तराखण्ड लगायत आफ्ना ‘अखडा’बाट नेपाल आउने गर्छन् ।

हरेक वर्ष जस्तै यस वर्ष पनि शिवरात्रीको केही दिन अघिदेखि नै पशुपतिमा बाबाहरुको उपस्थिति बाक्लिँदै गएको छ । पशुपति परिसरको प्रवेशद्वारदेखि नै साधुसन्तहरुलाई लामबद्ध रुपमा बसेको देख्न सकिन्छ ।

कोही झुण्डमा गफिएको, कोही लम्पसार सुतेको, कोही आफ्नै धुनमा मस्त !

पशुपतिलाई यस दिन गाँजा, भाङ, धतुरोमुक्त बनाउने प्रतिवद्धता हरेक वर्ष गरिन्छ । यस वर्ष पनि पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा गाँजा, भाङ, धतुरो लगायतका नशालु पदार्थ किनबेच र सेवनमा प्रतिबन्ध लगाएको छ । तर, यस नियमको कार्यान्वयन शुन्य ।

यता बाबाहरु मस्त धुवाँ उडाइरहेका हुन्छन् उता युवाहरु त्यसैको सिको गर्दै बाबाहरुसँग गाँजा, भाङ, धतुरोको ‘डिल’ गर्न पुग्छन् ।

जे होस् यतिवेला पशुपतिको वातावरण निकै रोमाञ्चक देखिन्छ ।

१५ तस्वीरमा हेर्नुस् पशुपतिमा बाबाहरुको भीड :

तस्वीर : गोकुल पौडेल

यसअघि लोकपथमा प्रकाशित यो समाग्री छुटाउनुभएको भए यस लिंकमा क्लिक गरी पढ्नुहोस् ।

महाशिवरात्रीको लागि चिटिक्कै पशुपतिनाथ (१९ फोटोमा हेर्नुस्) 

महाशिवरात्री : पशुपतिमा विशेष पासको व्यवस्था छैन, सबैले बस्नैपर्छ लाइन

पशुपतिमा महाशिवरात्रीको तयारी पूरा, यी ४ बाटो हुँदै जानुस् दर्शन गर्न

गाँजाभाङ खाए प्रहरी खोरमा, महाशिवरात्रीको लागि सबै तयारी पूरा

यसपाली शिवरात्रीमा पशुपतिनाथमा देखिनेछ यो अनौठो दृश्य, नेपालीले सिक्ने कि !

आरोग्य देव पशुपतिनाथ स्भक्तजनदेखि साधुसम्म, घुमन्तेदेखि टहलिनेसम्मको साझा थलो १७ फोटोमा

आरोग्यदेव पशुपतिनाथका काठ जिर्ण बन्दै, चौकोस कुहिए

यस्तै छन् हाम्रा आरोग्यदेव: पशुपतिनाथ

धपक्क बलेको पशुपतिको मुहारमा कान्ति छर्दै आरती (फोटो-भिडियो)

पशुपतिनाथको ५६ वर्षयताको सम्पत्ति सार्वजनिक, मूल ढुकुटीको विवरण गोप्य

धर्मनिरपेक्षता, भ्रम र यथार्थ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?