आज महाशिवरात्री, पशुपति दर्शन गर्न जाँदै हुनुहुन्छ ? यी बाटो हुँदै जानुस्

काठमाडौं । आज हिन्दूहरुको महान चाड शिवरात्री । यदि दर्शन गर्न पशुपतिनाथ मन्दिर जाने बारेमा सोच्दै हुनुहुन्छ भने यस्तो छ पशुपति क्षेत्र विकास कोषले सार्वजनिक गरेको दर्शन रुट ।

भक्तजनहरुले चारवटा लाइनमार्फत् पशुपति दर्शन गर्न पाउनेछन् ।

मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड– दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट १ लाइन, जयवागेश्वरी– इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोकाबाट एक लाइन व्यवस्था गरिएको छ ।

त्यस्तै बत्तीसपुतली–गौशाला तथा एअरपोर्ट तीलगंगा भएर पिंगलास्थान–सुमार्गी भवन अगाडि भएर चार शिवालय पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट दुईवटा लाइन रहने कोषले जनाएको छ । दर्शनार्थीहरुले जुन मार्गबाट प्रवेश गर्छन् त्यही बाटो हुँदै बाहिरिनुपर्नेछ ।

नित्य दर्शनार्थीहरुका लागि बिहान ७ बजेभित्र भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेश गर्ने व्यवस्था समेत मिलाइएको छ ।

गाँजाभाङ खाए प्रहरी खोरमा

हरेक वर्षजस्तै यस वर्ष पनि पशुपतिलाई गाँजा निषेधित क्षेत्र घोषित गरिएको छ । मेलामा मासु, मदिरा र गाँजा निषेध गरिएको छ । ‘पशुपति क्षेत्र कानुनद्वारा नै मांस, मदिरा तथा कुनै पनि प्रकारका नशालुपदार्थ निषेधित क्षेत्र भएकाले महाशिवरात्रि पर्व समेतमा गाँजा९भाङ, जाँड९रक्सी जस्ता नशालु पदार्थहरुको बिक्रीवितरण, ओसारपसार, भण्डारण एवं प्रयोग वा सेवन नगर्न सबैलाई अनुरोध गरिएको छ ।

सावधान प्लाष्टिकको प्रयोग नगर्नुहोला !

पूजा गर्न जाँदा प्लाष्टिक ब्याग नबोक्नु होला वा, प्लाष्टिक निर्मित सामाग्रीको प्रयोग नगर्नुहोला । किनकी पशुपति क्षेत्र विकास कोषले पशुपति परिसरलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरेको छ । साथै मेला क्षेत्रमा सेवा प्रदान गर्ने सबै संस्थाहरुलाई कोषले भोजन, पानी, चिया वितरण गर्दा प्लाष्टिकका कप प्रयोग नगर्न अनुरोध गरेको छ ।

यसअघि लोकपथमा प्रकाशित यो समाग्री छुटाउनुभएको भए यस लिंकमा क्लिक गरी पढ्नुहोस् ।

महाशिवरात्रीको भव्य तयारी, खुसुखुसु नागा बाबाहरुसँग गाँजाको डिल गर्छन् तन्नेरी (फोटोफिचर)

महाशिवरात्रीको लागि चिटिक्कै पशुपतिनाथ (१९ फोटोमा हेर्नुस्) 

गाँजाभाङ खाए प्रहरी खोरमा, महाशिवरात्रीको लागि सबै तयारी पूरा

यसपाली शिवरात्रीमा पशुपतिनाथमा देखिनेछ यो अनौठो दृश्य, नेपालीले सिक्ने कि !

आरोग्य देव पशुपतिनाथ स्भक्तजनदेखि साधुसम्म, घुमन्तेदेखि टहलिनेसम्मको साझा थलो १७ फोटोमा

आरोग्यदेव पशुपतिनाथका काठ जिर्ण बन्दै, चौकोस कुहिए

यस्तै छन् हाम्रा आरोग्यदेव: पशुपतिनाथ

धपक्क बलेको पशुपतिको मुहारमा कान्ति छर्दै आरती (फोटो-भिडियो)

पशुपतिनाथको ५६ वर्षयताको सम्पत्ति सार्वजनिक, मूल ढुकुटीको विवरण गोप्य

धर्मनिरपेक्षता, भ्रम र यथार्थ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?