युक्रेनी विमान दुर्घटना प्रकरण : टावरसँगको कुराकानीमा के भनेका थिए पाइलटले ? गुप्तचरी स्रोतहरूबाट मिल्यो महत्वपूर्ण क्ल्यू

काठमाडौं । इरानमा भएको युक्रेनी वायुसेवाको विमान दुर्घटना नभएर इरानी फौजले खसालेको संकेत मिलेको बताइएको छ । विमान दुर्घटनापछि इरानी सञ्चारमाध्यमहरुले र स्वयम् इरानले पनि प्राविधीक कारणले सो दुर्घटना भएको बताइरहेको बेला यो कुरा बाहिरीएको हो ।

ईरानी उड्डयन प्राधिकरणले उडानका क्रममा कुनैपनि प्राविधीक गडबडी भएको भए टावरसँग कुराकानीका क्रममा प्लेनका क्रु मेम्बरले जानकारी गराउने गरेको तर यस दुर्घटनाअघि टावरसँग क्रु ले टेक्निकल ईरर प्राविधिक गडबडीको विषयमा जानकारी नगरेको तथा सामान्य कुराकानी भइरहेको बताइएको छ ।

यससँगै नयाँ आशंका सिर्जना भएको छ । अर्थात् के दुर्घटनाग्रस्त विमान उडेको केहि बेरमा नै खस्नु इरानी मिसाइलका कारण हो त ? किनकी टावरसँगको कुराकानीमा त्यस्तो कुनै प्राविधीक गडबडी नभएको पाइएकोले यसो भएको हुनसक्ने अनुमान गरिएको छ । यसैबिच क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि इरानी मिसाइलका कारण सो दुर्घटना भएको बताएका छन् । उनले घटनामा आफ्ना ६३ क्यानेडियन नागरिक गुमाउनु पर्दा निकै पीडा भएको प्रतिक्रिया दिँदै भुलवश इरानले त्यो विमानमा क्षेप्यास्त्र प्रहार गरेको हुन सक्ने बताएका छन् । यतिबेला विमानकी क्रु मेम्बर २८ वर्षकी भ्यालेरीया ओब्चारुकको विमान दुर्घटनाको केहि दिन अघि चाईनामा घुमेको तस्वीर सामाजिक सञ्जालमा निकैपटक प्रयोग भएको छ ।

उनलाई श्रद्धान्जली दिँदै मानिसहरुले लेखेका छन्, तिम्रो आत्माले शान्ति पाओस् । विभिन्न गुप्तचरी स्रोतहरूबाट महत्वपूर्ण संकेत मिलेको उल्लेख गर्दै उनले यसबारे छानबिन गर्न माग गरेका छन् । उनले भनेका छन् हामीलाई गुप्तचरी स्रोतबाट महत्वपूर्ण क्ल्यू मिलेको छ । हामी चुप लाग्दैनौँ । विभिन्न कामका लागि त्यहाँ पुगेका नागरिकले देशत्याग गर्नु राष्ट्रको लागि निकै पीडादायी भएको र आफू निकै दुखी भएको उनको भनाई छ । बुधवार बिहान इरानको राजधानी तेहरानबाट किएभका लागि उडेको युक्रेनको बोइङ ७३७ विमान दुर्घटना भएको थियो । विमानमा सवार सबै यात्रुको मृत्यु भएको थियो ।

दुर्घटनामा परी १६८ यात्रु र ९ जना चालक दलका सदस्यको मृत्यु भएको थियो । फ्लाइट राडारमा युक्रेनको अन्तर्राष्ट्रिय उडानको फ्लाइट पीएस ७५२ इमाम खोमेनी विमानस्थालबाट स्थानीय समयअनुसार ६ बजे बिहान उडान भरेको केही समयमा नै दुर्घटना भएको थियो। विमानमा १८० यात्रु र चालक दलका सदस्य रहेका थिए । ५ बजेर १५ मिनेटमा युक्रेनको राजधानी केइभस्थित बोरिस्पिल विमानस्थलसम्म उडान गर्ने तालिका भर्नुपर्ने विमान बिहान ६ बजेर १२ मिनेटमा मात्रै उडेको थियो । इरानले इराकमा रहेको अमेरिकी सैन्य आधार शिविरमा आक्रमण गरेको केही घण्टापछि यो दुर्घटना भएको थियो । विमान दुर्घटना भएको भिडियोफुटेज फेला परेको थियो । भिडियोफुटेज अनुसार आकाशमा नै विमानमा आगलागी भएको थियो र विमान जमिनमा ठोक्कएपछि ठूलो आगलागी भएको देखिएको थियो ।

बुधबार इरानमा खसेको युक्रेनी जहाज सोही बिहान इरानले प्रहार गरेको क्षेप्यास्त्र भूलवश लागेर खसेको हुनसक्ने शंका समेत गरिएको छ। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले घटनाको प्रारम्भिक प्रमाणले त्यसतर्फ संकेत गरेको भन्दै घटनाको पूर्ण छानविन हुनुपर्ने माग गरेका छन्। उनले घटनाका बारेमा सबै शंकाहरूको निष्पक्ष जाँच हुनुपर्ने बताएका छन् । उक्त विमान दुर्घटनामा ज्यान गुमाएका १७६ जनामध्ये ६३ जना क्यानेडियन नागरिकहरू रहेका थिए ।

घटनामा ६३ क्यानेडियन नागरिकसँगै जहाज दुर्घटनामा ८२ इरानी, ११ युक्रेनियन, १० स्विडिस, ४ अफगानी, ३ जर्मन र ३ बेलायती नागरिकको मृत्य भएको थियो। गत शुक्रबार इराकको राजधानी बग्दादमा अमेरिकी ड्रोन हमलामा आफ्ना सर्वोच्च सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि इरानले पनि त्यसको बदला स्वरुप बुधबार बद्दाद स्थित दुई अमेरिकी आधार क्षेत्रमा एक दर्जन मिसाइल हमला गरेको थियो ।

विमान दुर्घटनाको भिडियोफुटेज :

 

 

ukraine-plane -crash

 

इरानमा भएको युक्रेनी विमान दुर्घटनाबारे लोकपथमा यस अधि प्रकाशित समाचार पढ्नुभएको थियो ?

इरानमा १ सय ८० यात्रु बोकेको विमान खस्यो

इरान विमान दुर्घटना अपडेट स् सवार सबैको मृत्यु

१ सय ८० जना बोकेको विमान दुर्घटना : आकाशबाट बल्दै खसेको भिडियो फेला (भिडियोसहित)

इरान विमान दुर्घटना अपडेट : ज्यान गुमाउनेको पहिचान खुल्यो, कुन देशका कति ?

यी हुन् अहिलेसम्मकै १० डरलाग्दा विमान दुर्घटना

दुर्घटनाग्रस्त अमेरिकी विमानको ‘ब्लाक बक्स’ इरानले नदिने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?