काठमाडौंको गैरीधारामा सुकमबासी बस्ती हटाइयो

लोकपथ
91
Shares

काठमाडौं । काठमाडौंको गैरीधारा क्षेत्रमा बसोबास गर्दै आएका सुकुमबासीहरूको बस्ती आज सरकारले हटाएको छ ।

बिहानैदेखि सुरक्षाकर्मीहरूको बाक्लो उपस्थितिमा सुरु भएको यो कारबाहीसँगै दशकौँदेखि बस्दै आएका परिवारहरू विस्थापित भएका छन् । 

सरकारी जग्गा अतिक्रमण गरी बनाइएको संरचना हटाउन यो अभियान चलाइएको हो । हाल बस्ती खाली गराइएको छ भने त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । 

बस्तीमा डोजर लगाएर भत्काउने क्रम जारी छ । आज नै थापाथलीस्थित सुकुमबासी बस्ती पनि भत्काइएको छ भने मनोहरास्थित सुकुमबासी बस्ती पनि भत्काउने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?