Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

मधेशका मुख्यमन्त्री यादवले लिए शपथ

लोकपथ ६ मंसिर २०८३, आइतबार ११:३६
मधेशका मुख्यमन्त्री यादवले लिए शपथ
शेयर गर्नुहोस् Facebook
यो समाचार सुन्नुहोस्0:00 / --:--

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशप्रमुख सुरेन्द्रलाभ कर्णसँग उनले आज बिहान प्रदेश प्रमुखको कार्यालयमा शपथ लिएका हुन् ।

प्रदेश प्रमुख कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्न मंसिर ४ गते अपराह्न ४ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका थिए ।

निर्धारित समयभित्र कुनै पनि दलबाट दाबी पेस नभएपछि प्रदेशसभामा सबैभन्दा बढी सदस्य रहेको दलका संसदीय दलका नेता यादवलाई संविधानको धारा १६८ को उपधारा (३) बमोजिम शनिबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।