Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उर्जामन्त्री विराजभक्त श्रेष्ठलाई

लोकपथ ६ मंसिर २०८३, आइतबार १२:५४
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उर्जामन्त्री विराजभक्त श्रेष्ठलाई
शेयर गर्नुहोस् Facebook
यो समाचार सुन्नुहोस्0:00 / --:--

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उर्जामन्त्री विराजभक्त श्रेष्ठलाई दिएका छन् ।

प्रधानमन्त्री शाह आज प्रतिनिधिमण्डलसहित भारत भ्रमणमा जाँदैछन् ।

दोस्रो वरियतामा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र त्यसपछिको वरियतामा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल प्रधानमन्त्रीसँगै भारत जाँदैछन् ।

त्यसपछिको वरियतामा रहेका मन्त्री श्रेष्ठलाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।