Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

प्रधानमन्त्री शाह भारत प्रस्थान

लोकपथ ६ मंसिर २०८३, आइतबार १४:०६
प्रधानमन्त्री शाह भारत प्रस्थान
शेयर गर्नुहोस् Facebook
यो समाचार सुन्नुहोस्0:00 / --:--

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ भारत भ्रमणका लागि निस्किएका छन् ।

प्रधानमन्त्री शाह प्रतिनिधिमण्डलको टोलीसहित भारत भ्रमणका लागि प्रस्थान गरेका हुन् ।

उनी आफूसहित ३५ सदस्यीय टोलीसहित नेपाल एयरलाइन्सको नियमित उडानमार्फत् त्यसतर्फ प्रस्थान गरे ।

यो प्रधानमन्त्रीको औपचारिक पहिलो विदेश भ्रमण हो । यसअघि प्रधानमन्त्री शाह संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका पुगेका थिए ।

प्रधानमन्त्रीको भ्रमण दलमा ३५ जना रहेका छन् । प्रधानमन्त्रीसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम साह लगायत ३४ जना रहेका छन् ।

भारतमा रहँदा प्रधानमन्त्री शाहले राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय विदेशमन्त्री डा. एस जयशंकर लगायत उच्च पदस्थ व्यक्तिहरुसँग भेटघाट गर्नेछन् ।

दुई दिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका प्रधानमन्त्री शाह सोमबार नै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।