हरायो उपत्यकालाई ‘मेट्रोसिटी’ बनाउने अवधारणा

काठमाडौँ । काठमाडौँ उपत्यकाको एकीकृत विकासका लागि प्रस्तावित ‘राजधानी उपत्यका सहर’ (मेट्रोसिटी) सुझाव गरिए पनि सो निर्माण कार्य भने अगाडि बढ्न सकेको छैन ।

उपत्यकाको एकीकृत विकासका लागि यहाँका १८ वटा नगरपालिकाका प्रमुखहरू रहेको ‘उपत्यका मेयर फोरम’ निर्माण गरिएको छ । पनि उक्त फोरमको ध्यान मेट्रोसिटी निर्माणतर्फ जान सकेको छैन ।
तत्कालीन स्थानीय तह पुनःसंरचना आयोगले काठमाडौँ उपत्यकाको एकीकृत विकास र व्यवस्थित सहर निर्माणका लागि मेट्रोसिटी निर्माण गर्न सरकारलाई सुझाव दिएको थियो ।
तत्कालीन स्थानीय तह पुनःसंरचना आयोगका सदस्य सुनीलरञ्जन सिंहले काठमाडौँ उपत्यकाका १८ वटै नगरपालिकाको प्राकृतिक, सांस्कृतिक, भौगोलिक अवस्था समान भएकाले उपत्यकाको एकीकृत विकासका लागि मेट्रोसिटी निर्माण गर्न आयोगले सरकारलाई प्रस्ताव गरेको स्पष्ट गरे । उनले भने, “हाल उपत्यकामा भएका नगरपालिकाको भूगोल साना भएकाले एकीकृत विकास गरी अन्तर्राष्ट्रियस्तरको सहर निर्माण गर्न मेट्रोसिटी आवश्यक छ । ”
सिंहका अनुसार उपत्यकावासीलाई महानगरस्तरीय सेवा सुविधा प्रदान, विकासका पूर्वाधार निर्माण, स्थानीय साधन र स्रोतको सदुपयोग, अन्तरनगरपालिका योजना निर्माण र वैदेशिक लगानी आर्कषित गर्न राजधानीलाई मेट्रोसिटी निर्माण गर्नुपर्छ । त्यस्तै अनियन्त्रित सहरीकरणको व्यवस्थापन, अन्तर्राष्ट्रियस्तरको खेल मैदान, रङ्गशाला, विमानस्थल, निर्माणका लागि राजधानी मेट्रोसिटी आवश्यक छ । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?