जिन्दगीकै अविस्मरणीय त्यो पाँच सेकेन्ड..!

कल कल बगेको भोटेकोशी । दुईतिर विशाल पहाडको बीचमा आफ्नै गतिमा बगिरहेको छ । १६० मिटर गहिरो खोच अनि त्यसैमाथि डरैलाग्दो झोलुंगे पुल । त्यहाँबाट हाम्फाल्दाको अनुभव कस्तो भयो होला ?

सम्झिदा पनि कहाली लागेर आउछ । विश्वकै सर्वाधिक अग्लो बञ्जीहरु मध्ये एक हो भोटेकोशी बञ्जी जम्पिङ । यहाँ हजारौं मानिसहरु बञ्जीको मज्जा लिन आउँछन् । जसमध्ये म एक थिए । बञ्जी हान्ने मेरो बच्चै देखिको ठुलो सपना थियो । त्यहि सपना पुरा गर्न म भोटेकोशी पुगे ।

काठमाडौंको प्रदुषण युक्त माहोललाई छिचोलेर बाटाेमा आउने मनोहर दृश्यलाई आँखामा कैद गर्दै म भोटेकोशी पुगे । काठमाडौंबाट करिब ४ घन्टा यात्रा गरेपछि पुगिन्छ भोटेकोशी अर्थात बञ्जी हान्ने ठाँउ ।

जिन्दगीको पहिलो बञ्जी मनमा कौतुहलता थियो । मनभरी अनेकौं प्रश्हरु भरिएका थिए । के हुने हो रु हान्न सकिएला कि नसकिएला र ? पुल कस्तो होला, डोरी कस्तो होला ? यस्ता-यस्तै कुरालाई दिमागमा खेलाएर बसिरहेको थिए । स्पोर्टमै पुगेको मान्छे म कल्पना आकाशमा उडेर व्यर्थ समय खेर फाल्न मन लागेन ।

१७० मिटर लामो पुल पार गरेर पारी दि लास्ट रिसोर्टमा पुगे । पुग्दा त्यस्तै बिहानको ११ बजेको थियो । ब्रिफिङको लागि भित्र बोलाइयो म संगै आएका साथी (मनिष र उज्वोल) सहित हामी भित्र रुममा गयौं । त्यहाँ तौल चेक गरीने रहेछ । तौल चेक गरेर म पुन बाहिर आए ।

५ जनाको टोलि गरेर हामिलाई पुलतर्फ लगियो । मुटु साविक भन्दा दोब्बर धड्किरहेको थियो पुलमा लगेर क्रिउको साथीले निर्देशन दिनुभयो । हाम्रा ५ जनाको टोलिमा २ नम्बरमा मेरो पालो परेको थियो । पहिलो साथीको पालोमा उसलाई हौसला दिनको लागि हामी जोड-जोडले चिच्या रहेका थियौं । साथि हामफाल्दा नफाल्दै मलाई रेडि हुनु पर्ने, खुट्टा र जिउमा डोरी बाधेर क्रिउमा मेम्बरले मलाई तयार पारे ।

हामफालेको बेला डोरी चुडियो भने के होला ?

यो प्रश्न हरकोहिको मनमा उठ्छ जो बञ्जी हान्न जान्छ । पालो आयो डरले मुटु थरथर भईरहेको थियो । तै पनि अनुहारमा हासो सोहोरिएका थिए । पुलको त्यो छेउमा क्रिउको दाईले समाउदैे लानुभयो । तल हेर्दा डराउँछ भनेर होला दाईले सिधा हेर भन्नुभयो । हातलाई सिधा फिजारेर अगाडि बढ्न भन्नुभयो ।

आर यु रेडि भन्ने आवाज मेरो कानमा गुन्जीयो के बोल्ने के नबोल्ने भईरहेको अवस्थामा मुखबाट रेडि भन्ने शब्द फ्याट्ट फुस्केछ । पछाडीबाट दाईले आवाज दिनुभयो थि टु वान बञ्जी ! त्यो ५ सेकेण्ड जिवनको कहालि लाग्दो र अविश्मरणीय क्षण मध्ये एक हो । पछाडीबाट साथिहरुको हे हे र हो है सुनेर शरिरमा थप उर्जा आईरहेको थियो ।

त्यो माहोलले गर्दा नचिच्याई फालहान्न मनले मानेन । हावाको बेगलाई स्पर्स गर्दै डरलाई डरैसँग थाति राखेर म हामफाले । डराउदिन भन्दा भन्दै डरको अगाडि घुडाँ टेक्न बाध्य भईहाले । डोरीमा झुन्डि रहदा लाग्यो कि म अब भोटेकोशीमा खस्ने भए !

टाउको तल खुट्टामाथिको पोजिसनलाई चेन्ज गरेर दशैमा पिङ खेल्दाको बेलाझै बञ्जीको मजा लिईरहे । यदि त्यो क्षण कैद गर्न मिल्थ्यो त म त्यो दुस्प्रयास गर्दो हुँ । त्यो ५ सेकेण्ड म हावामा उडी रहेको थिए । जब डोरी तल पुगेर झट्कारियो तब मैले रमाइलो महसुस गर्न थाले हातमा गो प्रो थियो डोरी पूर्ण रुप मा रोकीए पछि म गो प्रो मा बोल्न र आफ्नो आनुभव बताउन तिर लागे ।

डोरी ले माथि माथि तान्दै थियो । पुल मा केहि क्षण आरामका लागि राखियो र हामी लाई पूर्ण पारी पट्टि लगियो। पारी पुग्दा मेरो साथि मनिष र उज्वोल मलाई देख्नी बित्तकै You did it भनेर चिच्याउन थाले मलाई निक्कै खुसि लग्यो ।

उनीहरु दुवै जना निक्कै आतुर देखिन्थे मलाई प्रस्न सोध्न । भेट्ना साथ सोधी हाले डर लागेन ?मैले हास्दै भने डर हैन मज्जा आयो। मैले उनीहरु लाई भने तिमीहरु पनि हानाओ । तर उनीहरुले आना कानी गरे आर्को चोटी आको बेला पक्कै हान्छु भन्दै मनिष भाई उफ्री रहेको थियो।

जिन्दगीकै सबै भन्दा रोमान्चक पलहरुलाई मन मस्तिस्कमा राख्दै भोटेकोशीबाट फर्किए । मनमनै सोंचे सि यु सुन बञ्जी अर्को पटक उल्टो फर्केर हान्नेछु ।

https://www.youtube.com/watch?v=byZI88-dj8s

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?