डिजिटल ठगीमा परे के गर्ने ? तत्काल १२४७ मा सम्पर्क गर्नुहोस्

लोकपथ
0
Shares

काठमाडौं । साइबर तथा डिजिटल वित्तीय ठगीका घटना तत्काल नियन्त्रण गर्न प्रहरी प्रधान कार्यालयअन्तर्गत साइबर ब्यूरोमा ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र’ सञ्चालनमा ल्याइएको छ ।

विभिन्न सरोकारवाला निकायको सहभागितामा स्थापना गरिएको यो केन्द्र २४सै घण्टा सञ्चालन हुनेछ ।

डिजिटल भुक्तानी, अनलाइन ठगी, फिसिङ, नक्कली लिंक तथा अनधिकृत वित्तीय कारोबारबाट पीडित भएका नागरिकले तत्काल सहयोग लिन १२४७ नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।

नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै साइबर तथा डिजिटल वित्तीय ठगीबाट बच्न सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ । बैंकले ठगीमा परेमा ढिला नगरी १२४७ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

यसअघि गृह मन्त्रालयको निर्णयअनुसार स्वीकृत कार्यदिग्दर्शनमा साइबर ब्यूरोमा स्थापना गरिएको केन्द्रमा बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता अनिवार्य गरिएको थियो ।

सोही व्यवस्थाअनुसार वाणिज्य बैंक, अन्य बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकहरूले २४सै घण्टा उपलब्ध हुने गरी सम्पर्क अधिकृत तोक्नुपर्ने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?