नेप्से ३.६२ अंकले बढ्यो, कारोबार रकम घटेर ३ अर्ब ८७ करोडमा सीमित

लोकपथ
0
Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । यस दिन नेप्से ३.६२ अंकले बढेर २ हजार ६२८.६७ विन्दुमा पुगेको हो ।

नेप्से सामान्य अंकले बढे पनि बजारमा कारोबार रकम भने घटेको छ । बिहीबार विभिन्न कम्पनीका सेयर खरिदबिक्री हुँदा कुल ३ अर्ब ८७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन कारोबारमा आएका ३४७ कम्पनीमध्ये १३८ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ कम्पनीको घटेको छ । यस्तै, १० कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन ।

बिहीबार बोटलर्स नेपाल (बालाजु) र बोटलर्स नेपाल (तराई) लगायतका कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

त्यस्तै, एभरेष्ट कलरको सेयर मूल्य सबैभन्दा धेरै ५.४५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक पहिलो स्थानमा रहेको छ । यस बैंकको १६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?