एमाले स्थायी कमिटी बैठक जारी, राष्ट्रिय भेलाबारे छलफल हुँदै

लोकपथ
0
Shares

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेरअघिदेखि बैठक बसिरहेको हो ।

आजको बैठकमा पार्टीले आयोजना गर्न लागेको राष्ट्रिय भेलालगायतका विषयमा छलफल भइरहेको छ ।

एमालेका अनुसार राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुनेछन् । भेलामा पार्टीको केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीका पदाधिकारी र पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूको सहभागिता रहनेछ ।

एमालेले यस भेaलालाई आगामी स्थानीय तह निर्वाचनको तयारी गर्ने तथा पार्टीको वैचारिक र संगठनात्मक एकता बलियो बनाउने अवसरका रूपमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?